Sunday, January 24, 2010

चेल्सिकोस्कुलको जुनियर आर्ट कम्पीटिसनमा खिचिएका फोटाहरु


Thursday, January 7, 2010

शान्तिका लागि सहसिर्जना


करिब ४० बालबालिकाले आफ्ना अभिव्यक्ति चित्रमार्फ व्यक्त गरेका थिए भने बालसाहित्यकारले चित्रको अभिव्यक्तिलाई कविता कथा निबन्ध आदिमा उतारेका थिए ।ु







ुमेरो चित्रमा चराहरु उडिरहेका छन ।ु स्राष्ट र साथीहरु माझ उभिएर तारा विक १४ ले भनिन ुहामी पनि यसरी नै उड्न पाए पो ।ु उनको चित्रमा शान्तिलाई प्रथाकिता दिएको पनि उनले बताईन । वार्तमान राजनीतिक अवस्थालाई आफ्नो चित्रमा उतारेर उनले स्राष्टको मन जित्न सफल भए ।



सिविन नेपाल र बालसंसारको संयुक्त आयोजनामा भएको ुबालबालिका र स्रष्टाु कार्यक्रममा उनीसहित ४० बालबालिका र उतिनै संख्यमा स्रष्ट पनि सहभागी थिए । शान्ति बालबालिकालाई अति आवश्यक भएकोले यस्ता कार्यक्रम महच्वपुर्ण भएको आयोजकले जानकारी दिए ।



चित्रमा शान्तिको कुरा भए पनि उनको कथा भने वेग्लै थियो । त्यसैले उनको भावनालाई साहित्यकार राजुश्री पराजुलीले यसरी उतारिन ।



हे मेरा बाब
हे मेरी आमा
द्धन्द्धमा मरयो िन
अकेला छोडी
भाइ बैनी साथ
अनाथ बन्यौ िन



उनलाई आफ्नी आमा बाहेक अरु केही थाहा छैन । सुनेको कुरा ुउहा म सानै छाँदा मर्नुभयोु आँखा मलिन पार्दै भनिन ुममी मात्र हो मेरो भन्ने ।ु अहिले उनी सिविन पिस होम पस्तली पनौतीमा बस्दै आएकी छिन । मुगुकी तारा अहिले कक्षा ७ मा पढ्दैछिन । पढ्न पाएमा नस्र बन्ने लक्ष्य बोकेकी छिन यिनले ।



उनी झै सिविनमा आइपुगेक पुष्पा तिमि_िल्सना १० ले पनि स्रष्टासँग आफ्नो कथा साटिन । बाबाले काठमांडौमा काम गर्न पठाइदिएपछि धदिङकी पुष्पाले केही समय त चुप लागेरै बसे । तर किन हो किन घर जान मन लाग्यो रे उनलाई । ुम कामबाट निस्केु अनकनाउदै उनले भनिन् ुअनि घर जाने बाटो चिनिन ।ु बाटो अल्मलिएका उनलाई त्यसपछि प्रहरीले सिविनसम्म पुरयाए । अहिले उनी कक्षा ५ मा पढ्दैछन ।



ुएकदम रमाईलो भोु रोल्पका बलबहादुर पुन मगर१६ ले भने ुआफुले पढ्ने कथाका लेखकसँग भेट्न पाउदा कति खुसी कति ।ु उनको मतमा सही थप्दै बसन्त बुढामगरले भने ुहाम्रा जिज्ञासालाई समेट्न उहाँहरु आउनु भो हामी उहाँहरुको गुण बिस्रन्नौ ।ु पनौती र कलंकीमा सिविनमा रहेका बालबालिकालाई यो कार्यक्रम रमाईलो लागेको बताए ।



कार्यक्रममा बाल साहित्यकार श्यामप्रसाद सर्मा डा। चुडामणी बन्धु रामेश विनय कसजु विश्वम्भर चाचल सिर्जना सर्मा कृष्ण सुवेदी माया ठकुरी ध्रुव घिमिरेले प्रस्तुति गरेका थिए ।



ुबाल साहित्यलाई यथाथबादमा अघि बढाउन सर्जकलाई सजिलो होस भन्ने हाम्रो चाहना होु बालसंसारका प्रमोद प्रधानले भने ुबालबालिकाका अनुभुति सत्य हुन्छन यिनीहरुको अनुभव सहित्यमा आओस ।ु



ुबालबालिका र स्राष्टबीच समीप्यता बढाउन यो कार्यक्रम सफल भएको हामीले आशा भएको सिविनका कुमार भटाराईले भने ।

Contact Me

Name

Email *

Message *

Visiters