Friday, April 16, 2010

मयूर टाइम्सकी महिमा मिस


स्कुल सुरु गर्दा परागले महिमा मिसलाई कति घोरिएर हेरेकी । उनको मयूरबुटटे सारी मन परेरै हो । मिसले पुतली बुटटे सारी पनि लगाउछे । जुन पराग मन पराउछिन । खासमा उनलाई सारीले गर्दा मिस मन परेकी हो कि भन्ने लागे पनि मिस सिकाउनमा पनि उतिकै सरल देखिन्छे ।



लामो यात्रामा महिमा मिसको कथा नै घातलाग्दो छ ुमयूर टाइम्सु मा । उनले नै बढी झलझेल भोगेकी छे । अरु भने भर्खरैको पात्र जस्तो लाग्यो । सारीको बुटटा हट्यो । सादा सारीमा पनि मिस पढाउन जान्छिन । के गर्नु सारा संसार नै आफुविरुद्ध लागेपछि । दयाको पात्र पनि उनी नै हुन यस उपन्यासमा । नारीवादी कथामा उपन्यासकारको सक्दो प्रयास नेपाली द्धन्द्धलाई उतार्नमा परेको देखिन्छ ।



एउटा सम्पादकले कस्ता काम कसरी गर्छन भन्ने कुरालाई पनि उपन्याकारले कथामा ल्याएका छन । यसले हामी जस्ता नयाँ पुस्ते साचारकर्मीलाई धेरै पाठ सिकाउन सफल भएको देखिन्छ । कथाको छेउछाउ आएर मेरो आँखामा आँसु भराइदिने महिमा मिसलाई समवेदना ।

Contact Me

Name

Email *

Message *

Visiters