नेत्रबहादुर तामाङ
शनिबार वा अन्य सार्वजनिक बिदाका दिन बालबालिकाहरु के गर्न मन पराउँछन् घुम्न टिभी हेर्न सपिङ जान खेल्न- यस्तै यस्तै त हो नि हैन केही बालबालिका लागि भने बिदाका दिन भनेका पढाइ अघि बढाउन कमाइ गर्ने अवसर पनि बनेको छ ।
चितवन हकिमपुरका कृष्णबहादुर थापा मगर १७ वर्षका भए । उनी नव आदर्श मावि वसन्तपुरमा कक्षा ९ पढ्दै छन् । फुस्रद र बिदाका दिन उनी चिसो पानी र जुस बोकेर रात्नपार्कभित्र हिँडिरहेका भेटिन्छन् । उनले सानै उमेरदेखि यो काममा हात हालेका हुन् । दिनको सय रुपैयाँजति सजिलै कमाउँछन् ।
ुयसले मेरो पढाइ खर्च धानिरहेको छु उनी भन्छन् ुम बिदाको दिन र छुट्टी मिल्नासाथ यतै आउँछु ।ु यो काममा सघाउने उनकै आमा छिन् । ुअनि आमा ख्वै त ु यो प्रश्नमा उनी भन्छन् ुपर मकै पोलिरहेकी छन् ।ु उनका बाबा भने कामको सिलसिलामा कतार पुगेका रहेछन् ।
अहिले सरकारी शैक्षिक क्यालेण्डरमा ४५ दिनको लामो बिदा छ बर्खाको बिदा । सहरी क्षेत्रका केही विद्यालयबाहेक प्रायः बन्द छन् । यस्तो बिदामा विद्यार्थीहरुलाई कसरी सिर्जनात्मक काममा लगाउने भन्नेतर्फ स्कुल अभिभावक कसैले ध्यान दिएको पाइँदैन । अभिभावकले आफ्ना नानीहरुलाई चित्रकला लेखन खेलकुद वा अन्य काममा लगाएर बिदाको सदुपयोग गराउन सक्छन् ।
कृष्णलाई भने यी सबभन्दा जरुरी छ बिदापछि स्कुलको शुल्क तिर्न पैसा कमाउने । उनकी आमा पनि छोराले काम गरेकोमा खुसी छिन् । ुछोरा मान्छे केही त गर्नैपर् यो फुस्रदमा बसे बिग्रन्छु उनकी आमा माया पोलिरहेको मकै फर्काउँदै भन्छिन् ुअलिअलि कमाइ पनि हुन्छ ।ु
कृष्णलाई एसएलसी पास गर्ने धोको छ । जागिर खान ठूलै मान्छे चिन्नुपर्ने उनको बुझाइ रहेछ । ुएसएलसी दिएपछि पनि यही काममा लाग्छुु उनी थप्छन् ुकेही गरी राम्रो भए पसल थाप्छु । त्यति ठूला सपना मसँग छैनन् ।ु
सपना जे भए पनि उनलाई पढाइको महत्व थाहा छ । ुपढाइले नै मलाई व्यापार गर्न सिकाएको होु उनी भन्छन् ुपढेपछि जे गर्न पनि आँट आउँदो रहेछ ।ु
उनी मात्र होइन दोलखा खावाका प्रज्ञात लामा १५ पनि यसैगरी बिदाको सदुपयोग गरिरहेका छन् । कक्षा ८ पढ्दै गरेका उनी साथीसँग मिलेर रत्नपार्कमा व्यापार गर्छन् । उनका मिल्ने साथी हुन् कमलाक्षीका रविन खड्गी । उनीहरु पैसा उठाएर पानी चिसो कोक फ्यान्टा र बदाम किन्छन् । अनि पालैपालो यताउति डुलेर बिक्री गर्छन् ।
दिनभर सामान बेचेर जम्मा भएको पैसा बेलुकी बाँडिबुँडी लिने उनीहरुको बानी छ । ुअब स्कुल सुरु हुने बेला भइसक्योु प्रज्ञात भन्छन् ुम भोलिदेखि आउँदिन ।ु उनको यो कुराले रविन निरास हुन्छन् ुअब म एक्लै हुने भएँ ।ु
कृष्ण प्रज्ञात र रविनजस्ता भाइहरुले रत्नपार्क घुम्न आउनेलाई आफ्ना ग्राहक बनाएका छन् ।
फुस्रदमा रत्नपार्क घुम्न मन पराउने पर्वतका वसन्त शर्मालाई यी भाइहरुले व्यापार गरेको देख्दा सुरुमा त अचम्मै लागेछ । ुसाना भाइबहिनीहरुले गिट्टी कुटेको भारी बोकेको मैले देखेको छुु उनी भन्छन् ुअरु कामको तुलनामा यो ठिकै हो । सबैका आ-आफ्नै कथा हुन्छन् संघर्ष हुन्छन् ।ु
ुआज बिदा छ त्यही भएर सामान बेच्न बसेकोु वसन्तपुरमा खेलौना बेचिरहेकी रोशनी ठाकुर ११ ले भनिन ुबिदाका दिनमा यतै काममा आउँछु बाबाआमा पनि यतै हुनुहुन्छ ।ु उनी झोछेंको विद्योदय निमावि कक्षा ४ मा पढ्दैछिन । पढ्नका लागि उनलाइ यो कामले निकै सहयोग पुर् याएको उनले बताइन ।
जस्तो काभ्रे मंगलटारका छिरिङ बल १४ को कथा सुनौं न । उनी बिदा सुरु हुनेबित्तिकै काठमाडौं छिरेर आफन्तको माइक्रो बसमा काम गर्न थाले । ुअब बिदा सकिन लाग्योु उनी भन्छन् ुस्कुलमा पढाइ सुरु भएपछि घर फर्कन्छु ।ु उनले गाडीमा काम गरेबापत् महिनाको १ हजार ५ सय रुपैयाँ पाउँछन् । यही पैसाले पढाइ धान्न सजिलो भएको उनी बताउँछन् । उनका बाबाआमा गाउँमै खेतीपाती गरेर बसेका छन् ।
सिन्धुपाल्चोकका विजय तामाङ १४ पनि ठमेलको एउटा होटलमा काम गर्छन् । उनी गाउँकै स्कुलमा कक्षा ६ पढ्दै छन् । परीक्षा सकिनेबित्तिकै उनी यता आएका हुन् ।
यसरी काम गर्दै पढ्ने बालबालिकाको पढाइ सामान्यतया राम्रै हुने गरेको शिक्षक माझी तामाङको अनुभव छ । ुगाउँमा प्रायः सबैले काम गरेकै हुन्छन्ु उनी भन्छन् ुसबैले काम गर्नुपर्छ बिनाकाम त्यत्तिकै बसे यिनीहरु बिग्रन्छन् ।ु
यी त भए पढाइलाई निरन्तरता दिन काम गर्ने भाइबहिनीका कुरा । तर राजधानीमा धेरै बालश्रमिक छन् । कोही छिरिङजस्तै माइक्रोमा काम गर्छन् कोही सन्ध्याकालीन पत्रिका बेच्दै हिँड्छन् । कोही त भारी बोक्ने इँटा बोक्ने गिट्टी कुट्नेजस्ता जोखिमपूर्ण काम पनि गर्छन् । तिनले पढ्छन् कि पढ्दैनन् भन्नेतर्फ कसैको ध्यान गएको छैन ।