Thursday, August 6, 2009

धर्म थरीथरी अर्ती एउटै


रामचन्द्र आचार्य १४ दरबार हाइस्कुलस्थित सस्कृत मावि कक्षा ९मा पढ्छन । पढाइ सकेपछि साथीहरुसंगै तीनधारा पाठशालाको छात्राबासमा फर्कन्छन । खास घर सिन्धुपाल्चोकको सिन्धुकोट भएपनि उनका बाबा यतै कर्मकण्डमा ब्यस्त छन भने उ चाहि कर्मकाण्ड र ज्योतिष बिज्ञान लिएर यतै पढ्दै आएका छन ।

ॐ भूर्भुवस्व ः। तत्सवितुर्वरेण्यम् । भर्गो
देवस्य धीमहि । धियो यो नः प्रचोदयात्

हरेक बिहान ुशरीरं शु¢म भवतेु अर्थात मुख धोएपछि उनी आफ्ना केही साथीसंगै गायत्री मन्त्र जप्छन । उनलाइ थाहा छ यो मन्त्र इश्वरसामु आफ्नो जीवनको लागि गरिने पुकार हो । ुपुजामा हामीले विष्णु देवी सुर्य गणेश शिवलाइ ध्यान दिन्छौ ु लहरै साथीहरुसंगै उभिएका आचार्य अलि अघि सर्दै भने ुहामीले यो मन्त्र विहान मध्यन्ह र सांझ गरी दिनमा तीन चोटि जप्छौ ।ु

उनी विहानको समयमा पत्रिकाहरु पढ्छन र साथीहरुस्गै बसेर पढाइको बारेमा छलफल गर्छन । यतिकैमा स्कुल जाने बेला भइहल्छ । स्कुलमा सबै पढाइसंगै सस्कृतमा कर्मकाण्ड र ज्योतिष पढ्छन । रमाइलो लागिरहेको छ उनलाइ यो पढाइको पहिलो खुट्किलो । ुविवाह व्रतबन्ध पुजाआजामा म लाग्छु भन्ने मेरो सोचाइ छु उनले थपे ु यो ज्योतिस विद्या चाहि सस्कुत विज्ञानको गणित हो ।ु

विहान उठ्ने बितिकै तुलसीको मठले हिन्दु धर्ममा उनको मस्तिस्क गइरहन्थ्यो सानैमा । प्राय सबै हिन्दु चाडपर्वको नाम कण्ठ छ उनलाइ । बैशाख संक्रन्ति देखि चैत मसान्त सम्मको हिन्दु चाड । ुबैशाखमा आमाको मुख हेर्ने नागपाचमी जनैपुर्णिमा तीज दशै अगाडिका चाडपर्व हुनु आचार्यले थपे ुदशै र तिहारलाइ त प्राय सबैले मानेकै देखिन्छ । माघे संक्रन्ति शिवरात्री चैते दशै आदि त सजिलै मनाइन्छ ।ु ती बाहेक अन्य थुप्रै चाडपर्व र सस्कृति पनि यस धर्ममा भएको उनले बताए ।

भविष्यमा पण्डित बन्ने धोको भएका यिनलाइ अरु धर्मका बारेमा पनि धेरथोर थाहा नै रहेछ । उनलाइ थाहा भएको धर्महरु
उनकै शब्दमा
हिन्दु ः हामी सबैले थाह भएको धर्म भनेकै हिन्दु हो । नेपालमा बस्ने सबैलाइ थाह होला । यसमा हामी शिव देवी विष्णु इन्द्र सरस्वती लक्ष्मी आदि इश्वरलाइ मान्छौ । विभिन्न चाडपर्वहरु पनि मनाउछौ ।

मुस्लिम ः यिनीहरु भगवानलाइ अल्लाह भन्छन । हामी नजिकै मस्जिद छ । यिनीहरु प्रार्थना गर्छन । नेपालमा बिदेशमा पनि यो धर्म राम्रै भएको सुनेको छु । हामी धेरै इश्वर मान्छौ उनीहरु एउटा मात्र मान्छन फरक यति मात्र हो ।

बौ¢ ः गौतम बु¢लाइ मान्नेहरु नै बौ¢ धर्म बनाएका हुन । उहा नेपालमा जन्मिनुभएछ । स्वयम्भुनाथ र बौ¢मा यिनीहरु पुजाका लागि जान्छन । खासमा बौ¢ र हिन्दुमा एकदम मेल छ बौ¢ धर्म मान्नेहरु पशुपति पुग्छन । हिन्दुहरु पनि बौ¢ स्वयम्भु पुग्छन दर्शन गर्न ।

इसाइ ः यिनीहरु चर्च जान्छन । विहान बेलका जिसस क्रइस्टलाइ प्रार्थना गर्छन । नाम चलेका देशहरुमा यो धर्म मान्छन रे । नेपालमा पनि इसाइ धर्म मान्नेहरु धेरै छन ।

अरु थप धमको बारेमा भने उनलाइ त्यति थाह नभएको बताए । यहा अरु अरु धर्म मान्ने पनि होलान । तर यी चार प्रमुख धर्म हेर्दा सबैको उपदेश एउटै जस्तो लाग्छ । कुनै पनि धर्मले चोर्नु पिट्नु मार्नु भनेको छैन । दीन दुःखीको सेवा गर भनेका छन । यसैले सबै धर्मको एउटै अर्ती भएको उनले बताए ।

अन्तरिम संिवधान २०६३ ले नेपाललाइ धर्म निरपेक्ष घोषणा गरेको पनि उनलाइ थाहा रहेछ । यसले गदौ सबैले आफुलाइ स्वतन्त्र भएको मन गर्नेछन । धार्मिक भेदभावको पनि कम हुन्छ होला जस्तो लाग्छ ।



1 comment:

Unknown said...

ईश्वर भन्ने कुरा कस्ले देखेको छ? केवल बिस्वास त्यसैले मान्छे नै पिच्छे भावना पनि बेग्लै हुन्छ अनि बिस्वास बेग्लै अनि धारणा बेग्लै अनि धर्मपनि बेग्लै। धेरै राम्रो हेडिङ दिनु भयो धन्यबाद।

Contact Me

Name

Email *

Message *

Visiters