Friday, December 25, 2009

Why christmas किन कि्रसमस ?


प्रत्येक बर्ष डिसेम्वर २५ मा मनाईदै आएको कि्रसमसले नेपाली समाजमा पनि सहजै प्रवेश पाएको छ । पाचयतकालमा कडाई गरेका कारण फस्टाउन नपाएको इसाइ समाज भित्री रुपमा संगतीमा जुट्ने गर्थथे । बहुदलको आगमन र प्रजातन्त्रको अभ्युदय पछि यो समाजले खुला रुपमा आफ्नो सँस्कृतिलाई विस्तार गर्दै लगियो । समाजमा ुधर्म परिवर्तनुको नाममा आलोचना खपेको यस धर्मवलम्वीलाई गाँउ घरमा भने निषेध गर्ने चलन अहिले सम्म पनि रहिआएको छ ।

कसैले इसाई धर्म अपनाएकै कारण समाज छोड्नुपरेको कैयौ उदाहरण छन । यसले के देखाउछ भने देशमा अझै पनि लोकतन्त्र आएको छैन र धर्म निरपेक्ष केवल कागजमा सीमित रहेको छ । हुन त कि्रसमसको अवसरमा राष्टपति र प्रधानमन्त्रीले समेत शुभाकामना व्यक्त गरेकै छन । यो त केवल सहनुभुति मात्र हो । केही समय पहिले सम्म अपच्य यो चाड नेपालमा सहजै कसरी प्रवेश गरयो त यो प्रश्नको विषय बन्न सक्छ ।

केही समुदायले यसलाई अमेरिकी सम्राज्यवादको एउटा अस्त्रको रुपमा पनि हेरेका छन । जहाँ गरिब छन त्यहाँका जनतालाई इसाई धर्म अंगल्न लगाइन्छ । यो एउटा बाध्यता पनि बनाएको छ । अमेरिकाको इतिहास हेर्ने हो भने उनीहरु इसाइ धर्मका प्रवर्तक होइनन । न त इसाइसँग उनीहरुको कुनै संलग्नता नै छ । जिससको जन्म त इजरायलको बेथलेहेममा भएको थियो । जहाँ यहुदीहरुको बासोबास रहेको छ । त्यहाँका कतिपय यहुदीहरु उनको जन्म नै भएको छैन भनी बिश्वास गर्छन र उनको बाटो हेरिरहेका छन ।

अहिले आएर थरीथरीका कि्रस्चियन समुदाय संगठित बनेका छन । कोही प्रोटेस्टेन्ट त कोही क्याथोलिक । यसरी बिभाजन भएका एकअर्कामा समेत विरोधी बनेका यी समुदायले बाइबलको समेत अनेक तरिकाले ब्यख्या गरेको पाइन्छ । यसरी जथाभावी ब्याख्या गर्नु आफैलाई बेफाइदा हुन इसाइ समुदायको तर्क छ । यति मात्र होइन अरु समुदायको पनि जन्म हुदैछ । यसलाई इसाइ समुदायले कसरी नियन्त्रन गर्ने हो ।




धेरैले जिसस डिसेम्वर २५ जन्मेका भनिएपनि यसको पुष्टि भने हुन सकेको छैन । पवित्र बाइबलमा पनि उनको जन्मबारे यकिन मिति उल्लेख नभएको प्रोटेस्टेन्टहरु बताउछन । यसले गर्दा उनीहरुले यो फगत हो भन्छन । केवल देखाउनका लागि गरिने यस्ता कार्यक्रम गरिएको भनिएको छ । यो कहिले देखि शुरुवात भएको कुनै पनि तथ्य पनि नरहेको पुष्टि हुन्छ । यस्ता किसिमका पर्वलाई पनि बाइबलमा कतैे पनि मान्नु भनेर लेखिएकोले यो ब्यर्थको चाड भएको एकथरी इसाइहरुले बताइरहेको बेलामा ताइ न तुइका नेपालीहरु भने कि्रसमस इभका लागि ठमेलमा झुम्मिने गरेको पाइन्छ ।

बेथलेहेममा जन्मेका जिसस्लाई लपेट्ने कपडा सम्म भेटेका थिएनन भने उनी गरीव परिवारका पनि थिए । त्यसैले अहिलेका पोस्टरमा लगाएका लुगाहरु अति राम्रा देखिनले उनकै उपहास गरेको हो कि जस्तो लाग्ने उनीहरु बताउछन । किन यसरी अनेकौ तडकभडक । अझ जिसस्ले त कुनै मुर्तिलाई आफ्ने देव सम्झेर नढोग्नु भन्नु भएको छ । तर क्याथोलिक भने उनकी आमा मरियमको मुर्ति बनाएर पुजा आरती गर्ने गर्छन । यसले पनि इसाइ समुदायको उपहास गरेको देखिन्छ ।

मन्दिरहरु बनेका छन । त्यसभित्र धनदौलत थुप्रेका छन । बहिर गरीबहरु पैसाकै लागि झुम्मिरहेका छन । आवश्यकता नभएको पैसा जम्म भइरहेको छ भिमत्र जुन इश्वरले प्रयोग गर्दैनन । बहिर आवश्यकता भएर पनि पुर्ति गर्न सकिरहेका छैनन । अथाह स्रोत भएको यो पृथ्वीमा कति भोकै छन भने कति भोजन खेर जान्छन । यो त मानिसहरुको संसारीपनले हो । कि्रसमस पनि यस्तै एउटा उदाहरण हो ।

No comments:

Contact Me

Name

Email *

Message *

Visiters