Sunday, July 18, 2010

Happy Birthday Nelson Mandela


उनी न गोरा विरोधी थिए । न त काला विरोधी नै । उनी त जातिय विभेदका विरोधी भए । फलस्वरुप उनले १९९३ मा नोबेल शान्ति पुरस्कार पाए भने १९९४ मा अपि्रुकाको प्रथम अश्वेत राष्ट्रपति हुन सफल भए ।











ुम स्वतन्त्र हुन जन्मेको हुँ म बगैचामा स्वतन्त्रपुर्वक हिड्नका लागि जन्मेको हुँ र विना रोकतोक् नदीमा पौडिनका लािग जन्मेको हु ।ु यस्तै विचारका धनी नेल्सन मण्डेला १९१८ जुलाई १८ मा जन्मेका हुन । अपि्रुकाका महान एवं त्यागी नेता मण्डेला आइतबार ९३ वर्षमा टेक्दैछन ।



संयोग भनौ फिफा वल्र्डकप २०१० सकिएको छ । यसैबेला मण्डेला आफ्नो जन्मदिन मनाउदैछन । वृद्धअवस्थाका कारण कमजोर भएकाले आजभोलि बाहिर कमै निस्कने गर्छन । विश्वकप समापन समरोहमा उनी निकै खुशी साथ हात हल्लाउदै आइपुगेका थिए ।



मण्डेलाकै कारण यसपाला दक्षिण अपि्रुकाले विश्वकै सर्वधिक चर्चित विश्वकप फुटबल आयोजना गर्ने मौका पाएको थियो । प्रभावशाली व्यक्तित्वकै कारण ४ वर्ष अघि विश्वकप आयोजनाका लागि संसारभरिका चर्चित व्यक्तिबाट सकरात्मक जनमत तयार पार्न सफल भए उनी । रंगभेद अन्त्यका लागि आफ्नो जीवन अर्पण गरेका यिनै महान नेता नेल्सन मण्डेलाको बाल्यकाल कसरी वित्यो होला त



बाल्यकाल



थेम्बु बंशका मण्डेला दक्षिण अपि्रुकाको सानो गाँउमा जन्मेका थिए । उनको जन्मको नाम रोलिल्लहल मण्डेला थियो । काला जातिको उनको परिवार गरिब तथा पिछडिएको वर्गमा पर्थे । त्यसैले उनी भन्दा अघि परिवारबाट कोही पनि स्कुल भर्ना भएका थिएनन् ।



नाम लामो र हेपिएर बोलाउने भएको भन्दै शिक्षिकाले पहिले दिनमै उनको नाम परिवर्तन गरी नेल्सन राखिन् । बुवा थेम्बु बंशका प्रमुख सल्लाहकार थिए । क्षयरोगले उनी ९ वर्षको हुदाँ नै बुवा यस संसारबाट विदा भएकोले यो पद उनले सम्हाल्नु पर् यो ।



प्रराम्भिक शिक्षा गाँउबाटै सकाएका उनले १९ वर्षको उमेरमा स्कुल शिक्षा पुरा गरे । त्यसपछि स्नातक पढ्नका लागि फोर्ट हेयर कलेजमा भर्ना भए । यस अघि उनले दौड र ब_िक्सङमा समेत तालिम लिएका थिए । भनिन्छ कुनै समय उनका पुर्वज राज्य प्रमुख थिए । सानो छादा पुर्वजको वीरताको कथा सुनेर उनी मनमनै भेदभाव अन्त्य गर्ने सपना बुन्थे ।









राजनीित



उनको पालामा रंगभेदले दक्षिण अपि्रुकामा चरम रुप लिएको थियॊ । अल्पसंख्यक गोरा जातिले काला जातिलाई शासन गर्थे । त्यतिबेला काला जातिलाई किनबेच समेत गरिन्थ्यो । गोराहरु बस्ने ठाँउमा उनीहरुलाई बस्न दिदैनथे । त्यसैको विरोधमा उत्रेका मण्डेला फोर्ट हेयर कलेजमा विद्यार्थी प्रतिनिधिमा चुनिए ।





पढाई सकाएर सन १९४३ मा उनी अपि्रुकन नेशनल कांग्रेसमा अबाद्ध भए । १९४४ तिर विश्वयुद्ध चर्किरहेको थियो । त्यसैबेला पार्टीलाई प्रतिबन्ध लगाइयो । केही समयपछि ६० सदस्यीय अपि्रुकन नेशनल कांग्रेस युथ लिग गठन गरे । उनी निकै सकि्रयतापुर्वक काम गर्न थालेकाले १९४८ मा यस संगठनको राष्ट्रिय सचिवमा चुनिए ।



त्यसपछि उनलाई नेताको रुपमा चिन्न थाले । केही समयमै उनी संगठन प्रमुख भए । उनी रंगभेदी कानुनको विरोधमा देशव्यापी भ्रमणमा निस्के । यो अवज्ञा अभियान जोहन्सबर्गमा प्रतिवन्ध गरियो । प्रतिवन्धमा परेपछि उनी कानुनको अध्ययनमा लागे । जोहन्सवर्गमा १९५२ मा उनले एक साथीको सहयोगमा काला जातिको पहिलो कानुनी सेवा दिने ल फर्म खुले ।



ुमेरो ल फर्ममा काला र सेता दुबै जातिका मानिस आउन सक्छन म रंगको आधारमा मुदद हेर्ने छैनु उनले यसै भनेको थियो । गोराको निर्मम कानुनका कारण उनीहरुले केही गर्न सकेनन् । उनी पटक पटक जेलमा परे । विभिन्न पोशाक र अभिनय गरी उनी काला जातिलाई सचेत बनाउदै हिड्थे । उनी कहिले किसानको भेषमा त कहिले भरिया बनेर गाँउगाँउमा पुग्थे । उनको चलाखीले गर्दा पुलिस हैरान भएका थिए । उनलाई पुलिसहरु ुकाला दलालु भन्थे । यस क्रममा उनी विभिन्न देशमा समेत पुग्थे । सेनेगल सर्बियका प्रमुखहरुले उनलाई ससम्मान स्वागत गर्थे ।



सफलता



विदेशबाट अपि्रुका आउने वित्तिकै उनी गैरकानुनी रुपमा विदेश गएको र हड्ताल गरेको आरोपमा पक्राउ परे । उनले सबै जनतालाई कानुन नमान्न आग्रह गरे ुहाम्रो प्रतिनिधि नभएको कानुन किन मान्ने ।ु २७ वर्षको लामो जेलजीवन बिताएपछि १९९० मा उनी मुक्त भएका थिए । उनी १९९१ मा नेशनल कांग्रेसको सभापतिमा चुनिए ।





रंगभेद जातिभेद वर्गभेद र धर्मभेदको चरम अवस्था रहेको बेला उनी मुक्त भएपछि गोरासँग बदला लिनेछन भनी धेरैले अड्काल गरेका थिए । जनता पनि तुरुन्तै उनले वदला लिएको हेर्न चाहान्थे । उनको समर्थकको चाहना उनले बुझेका थिए । तर विचारले खारिएका त्यागको भावनाले ओतप्रोत मनवीय संवेदनाले भरपुर र दुरदर्शी उनले त्यसो गरेनन् । उनी न त गोरा विरोधी थिए न ता काला विरोधी नै उनी त जातिय भेदभाव विरोधी भए । फलस्वरुप उनले १९९३ मा नोबेल शान्ति पुरस्कार पाए भने मे १० १९९४ मा उनी अपि्रुकाका प्रथम अश्वेत राष्ट्रपति हुन सफल भए । १९९९ मा पनि उनलाई जनताले राष्टपति पदका लागि चुनेका थिए । तर उनले सधै आफू मात्र सो पद ओगटेर बस्न नमिल्ने बताएपछि विश्वभरिका राजनेताले उनकॊ प्रशंसा गरेका थिए ।




No comments:

Contact Me

Name

Email *

Message *

Visiters