Sunday, November 29, 2009

स्कुल छाडी भाई स्याहार्दै



आँगन अर्काको बारीमा बदम खोज्दै थिए उनीहरु । ुखोइ त बदमै रहेनछ्ु ९ वर्षे पूजा बस्नेतले साना भाइहरुतिर पुलुक्क हेर्दै भनिन् ुतिम्ले पायौँ ु
मुडुला कपाल छोटा छोटा लुगा । पसिना र धुलोले लिपिएका चिचिला अनुहारहरु । दिदीका कुराले खिस्स हाँस्दै माइलो भाइले ओठ चलाए ुकाँ पाउनु सब्बै सकिएछ ।ु बारीमा बदम खोज्दा नपाएपछि नवलपुर ५ सिन्धुपाल्चोकका ती केटाकेटी दिक्क पर्दे थिए । ुभोक लागि सक्यो अब भाँडा माझ्न जानु पर्छु दिदी पुजाले निन्याउरो मुख गरिन् ुभाँडा माझेपछि त कसो खान नपाइएला ।ु

दिनमा साह्रै भोक लाग्यो भने पुजा र उनका भाइहरु नजिकै रहेको बजार पुग्छन् । होटलका जुठाभाँडा सफा गर्छन् केही खानेकुरा पाउँछन् । साँझ घरमा आइपुग्दा मात्र उनीहरुले बाबा आमालाई भेट्छन् । कहाँ जान्छन् त दिनभर बाबा आमा

ुकाँ जानु नी काम गर्न जानु पर् यो नीु उनीहरुकी आमा सरस्वती ५२ ले भनिन् ुदिन भर काम नगरि साँझलाई चारा जुर्दैन के गर्नु ु

मंसिर पुषको चिसो मौंसम होस् या बैषाख ज्येठको गर्मि । धेरै गरिब नेपालीका झै सरस्वतीका बूढाबूढीको दैनिकी पनि उही हो साहुकोमा काम गर्न जानु । धेरै सन्तानका अभिभावक भएपछि उनीहरुले पूजा जस्तै सन्ततीलाई्र न राम्रो शिक्षा दिन सक्छन् न खुराक नै ।

ुकहिले काम पाइन्छ कहिले पाइँदैन्ु पूजाका बाबा कृष्णबहादुर ६० भन्छन् ुकाम पाएपनि पैसा कम छ खानलाई पनि पुग्दैन । कसरी पढ्नलाई पुग्नु ।ु
उनी पनि गाउँघरमा पाएसम्म दिनहुँ ज्यामी काममा खट्टिन्छन् । त्यो पनि पाइएन भने दाउरा चिर्ने भारी बोक्ने काममा दिन बिताउँछन् उनी । ुत्यही पनि कहाँ राम्ररी काम गर्न सकिन्छ रु भर्खर कामबाट घर फर्केका कृष्णले खुट्टातिर हेर्दै भने ुयसले राम्ररी काम गर्नै दिँदैन ।ु

एक वर्ष अघि ट्रक दुर्घटनामा उनको खुट्टामा ठूलो चोट परेछ । धेरै हिँड्दा र भारी बोक्दा उनलाई समस्या पर्छ । ुकाममा नजाऊ खाना कसरी जुटाउने जाउँ खुट्टान यस्तो छु उनको बोलि एक्कासी बन्द भयो । बाउका कुराले छोराछोरी पनि मलिन भए । सरस्वतीले भने यस्ता बातचित सुन्न पाइनन् ।

घामले डाँडा पछाडी थकाइ मार् यो । काममा बजार गएका मान्छे मात्र हैनन् चार खोज्न गाउँ चाहर्ने चराहरु पनि गुँडमा फर्किए । सबै आ-आफ्नो मेलोमेसोमा लाग्दा आमा सरस्वतीलाई पनि आँगनका दाउरा उठाउनको हतारो भयो । ुपुजा!ु आमाको चर्को स्वर सुनेपछि पूजा दाउँरा उठाउन बाहिर निस्किइन । ६ वर्षे माइला र ४ वर्षे साईला पनि दिदीको पछि दकुरे । अढाई वर्षे कान्छा पनि कराउँदै पछि लाग्यो ।

केही बेरमै सबै बाख्राका पाठापाठी झै हुरुरुरु भित्र पसे । कोठभित्र असरल्ल छाडिएका पुराना लुगाफाटा भाँडाकुँडाका आडैमा दाउरा थुपि्रए । उनीहरु काम भ्याएर कोठामा तेसा्रएको फलेकमा गुटुमुट्टीए । ुहाम्रो खाट हो योु मझेरी आडैको फलेक देखाउँदै पूजाले भनिन् ुसबैजना यहीँ सुत्छौं ।ु यति भनिसकेपछि उनी भाइहरुसँग ढुकुमुकु बाजी खेल्न थालिन् ।

साना नानीहरु खेल्न थालेपछि सरस्वतीले चुल्हो सल्काउ लागिन् । बूढा कृष्ण पुराना दिन तिर फर्कन थाले । उनी सानैमा कामको खोजीमा गाउँले सँग मिलेर भारत पुगेछन् । त्यहाँ दश वर्ष मजदुरी गरेपछि मात्र उनी देश फर्किए तर रित्तो हात लिएर ।
ुकाम गर्ने ठाउँमा पैसै दिँदैन्थेु उनले भने ुअरुतिर काम नपाएपछि खानाको लागि मात्र भएपनि काम गर्नु पथ्र्यो ।ु बेलैमा अक्षर नचिनेकाले आफूले धेरै दुःख पाएको उनले बताए ।
बल्ल तल्ल अरुको सहयोगमा भाडा जुटाएर उनी नेपाल फर्कन सके । ुदुई दशक काठमाडौंमा मजदुरी गरेँु सरस्वती तिर फर्कदै उनले भने ुगाउँ फर्किए लगत्तै दश वर्ष अगि उनीसँग बिहे भो ।ु लगालग ४ छोराछोरी जन्मिए । यतिका सन्तान जन्मिएपछि मात्र उनको आँखा खुल्यो ुधेरै पाउँदा दुःख हुने रहेछ ।ु
साहुले दिएको सानो बारी उनीहरु अधियाँ कमाउँछन् । कति आउँछ त त्यहाँबाट ुकति हुनु लगाएको मकै बाँदरलाई ठिक्क हुन्छु कृष्णले दिक्क मान्दै भने ुफलाएको कोदोले महिना दिन पनि खान पुग्दैन् ।ु

उनीहरुको नाममा अहिले त्यही एउटा घर छ । घर पनि स्थानिय कमल खत्रीको जग्गामा बनाइएको छ । ुयहाँबाट पनि कहिले हट्नु पर्ने हो थाहा छैन्ु कृष्ण अब भावुक हुन् थाले ुबेघर भइयो भने झन् बिचल्लीमा परिन्छ ।ु

सरस्वती पनि ६ वर्ष देखि रोगि भएकी छिन् । मकवान पुर माइति भएकी उनलाई पेटको बिमार छ । खर्चपर्च नभएका कारण बिगत ४ वर्ष देखि माइति पनि जान पाएकी छैनन् ।
ुम त अब केही गर्न नसक्ने भैसकेँु चुल्होमा दाउरा मिलाउँदै उनले भनिन् ुभाँडा मोल्न जान पनि सकिन भने यिनीहरुलाई क्यारी ख्वाउँने हो भन्ने चिन्ता लाग्छ ।ु

पूजा र उनका भाइहरु कोठाको कुनैमा रहेको माथिल्लो तला उक्लने लिस्नु आडैमा खेल्दै छन् ।
एक वर्ष अगिको कुरो । टाकुरे प्राविमा गरिब बच्चाहरु पढ्न मघत गर्न बेल्जियम एक नागरिक आएछन् । पूजाको नाम पनि त्यसैमा पर् यो । आमा बाबा काममा जाने। । साना भाइहरु हेर्न जिम्मा पूजाकै हुन्थ्यो ।

ुघरमा भाइ हेर्नुकी स्कुल जानु ुउनले भनिन् ुएक कक्षा पनि राम्ररी पढ्न पाइन् ।ु
कहिले काहीँ आमाले भाँडा माझेको होटलबाट ल्याए दिउँसो खाजा खान पाउँछन् उनीहरुले । वा आफै पनि भाँडा माझ्न गइन भने उनले आफू सँगै भाइहरुलाई पनि खाजा पुर् याउन सक्छिन् । ुनत्र त दिउँसो भोकै परिन्छ ु उनले गुच्चा जस्ता आँखा चम्काउँदै भनिन् ुसाँझ पनि भोकै परिन्छ कहिले त ।ु

गाउँमा आफूसँगै हुर्केका साथीहरु छन् उनका । तर उनी सधैं भाइहरुसँगै हुन्छिन् । गाउँले साथीहरुको दाजोमा जान सक्दिनन् उनी । ुअरुकै झैँ खान लाउन त मन लाग्छ नी ुअफ्ठ्यारो मान्दै उनले भनिन् ुतर हामी गरिब छौं नी त काँ सक्नु ु

घर खर्च चल्ने आम्दानी हुने काम पाए सजिलो हुने कृष्ण बताउँछन् । ुयिनीहरुले पनि पढ्न पाउँथेु उनी भन्छन् ुआफू बाँचेसम्मसँगै राखेर पढाउने इच्छा थियो ।ु
कृष्णले यस्तो भन्दा पूजा बाउको मुखमा हेर्दै थिइन् । उनलाई पनि स्कुल जान मन छ । आफूसँगै भाइहरुलाई पनि अक्षर चिनाउने धोको छ उनको । मुखमा माड पूर् याउन गाह्रो छ उनको परिवारलाई । यस्तो अवस्थामा आफ्नो धोको कसरी पुरा हुने हो पूजालाई थाहा छैन !

No comments:

Contact Me

Name

Email *

Message *

Visiters