Tuesday, November 24, 2009

ठुलो मान्छे बन्नु छ wanna be great one






नेत्र तामाङ


ुरुघाले समातेर आज स्कुल नै जान पाइनु सिर्जना कुमाल १० ले भनिन् ु कति असजिलो जीउ पनि दुख्ने साथी पनि भेट्न नपाइने ।ु

कुमाल घर नजिकैको नागर्जुन ठूलागाँउ माविको कक्षा २ मा पढ्दै छिन् । मातृ नेपाल अपाङग संघ जितपुरफेदी काठमाडौंमा उनको साँझ विहान बित्छ ।
कुमालका बाबा ब्लडक्यान्सरका कारण केही वर्ष अगि बिते । उनकी आमा बालाजुमा मजदुरी गर्छिन् । उनी र उनका दाई यहीँ आएर पढन् बसेका छन् ।
उनका दाजु जनक ५ मा पढ्दैछन । त्रिशुली पीपलटारका यी दाइबहिनीलाई अब यतै रमाईलो लाग्न थालेको छ । भविष्यामा सेना बनेर देशको सेवा गर्ने रहर बोकेका जनक दैनिक स्कुल जान मन पराउँछन ।

जीतपुरमा रहेको यो संघ बनाउनका लागि गाविसले ४ रोपनी जग्गा प्रदान गरेको थियो । कुमाल जस्ता त्यहाँ रहेका २४ बालबालिकालाई पोषण युक्त खानेकुरा ख्वाउनका लागि डिजी पोल्ट्री फार्म मैपीले हप्ताको ५ केजी कुखुराको मासु पठाएर सहयोग गर्छ । ु५ वर्ष भन्दा बढी भैसक्यो मासु ल्याइदिन थालेकोु भान्छामा काम गर्ने राधा फुयाँलले बताइन् । ७ वर्ष देखि श्रीमान वेपत्ता भएपछि उनी यहाँ काम गर्दै आएकी छिन् । उनका एक छोरा र एक छोरी यहीँ राखेर पढाउँदैछिन् । ुकाम पनि यहीँ गर्छुु उनले भनिन् ।


कुमाल त रुघा लागेर गत मंगलबार स्कुल जान पाइनन् । तर त्यहीँ बस्ने उनकी साथी कुसुम भने कहिल्यै स्कुल गएकी छैनन् । उनका खुट्टा सानै देखि निक्कै कमजोर छ ।
ुसबै स्कुल जान्छन म त यहीँ नै पढ्छु यहाँ दुई कक्षामा पढ्दै गरेकी चितवनकी कुसुमले भनिन् ुस्कुल जान नपाउँदा नरामाईलो लाग्छ ।ु

उनले हरेक वर्ष स्कुलको परिक्षा पनि सोही संस्थामा बसेर दिन्छिन् । पास पनि हुन्छिन् । ुजाँच लिन सरहरु यहीँ आउनु हुन्छु उनले भनिन् ।

१४ वर्ष की उनले ढिलै भएपनि पढाइ सुरु गरेकी छिन् । ६ बर्ष अघि उनका काकाले यहाँसम्म ल्याए पछि उनको पढाइ शुरु भएको थियो । जीवनका लागि पढाइ महत्पुर्ण भएको उनले वताइन ।

आफै पनि अपांग र टुहुरो भएकाले नरबहादुरले जितपुरमा यो संस्था खोले । आफू जस्तै अपांगहरुको हितको लागि उनले यो ठाउँ बनाए ।

यसको भवन निर्माण गर्न मन्डला ट्रेकिङका भिम तामाङले सहयोग गरेका छन् । केटाकेटीका लागि चाहिने खाद्यान्नमा पशुपति रोटरी क्लबले वार्षिक २५ हजार सम्मको सहयोग गर्छ ।
आफूले बेलैमा राम्रो अवसर नपाएकोले धेरै पढ्न नसकेको नरबहादुर बताउँछन् । ुएक त अपांगलाई राम्रो नजरले हेरिँदैनु उनले भने ुअर्को अवसरहरु निक्कै कम मात्र दिइन्छ ।ु उनी अगाडी थप्छन् ुत्यसैले मैले उनीहरुको हेरचाह गर्ने काम अगाडी बढाएको हुँ ।ु


हुम्लाकी रीता राउत रसुवाकी श्रृष्टि राजु पुजा राजकुमार तामाङ पनि यहीँ बस्छन् । गरिबीका कारण अभिभावकले पढाउन नसकेपछि उनीहरु यहाँ आइपुगेका हुन् ।


आफ्नी आमा अर्कैसँग गएपछि बाले अर्की भित्राएपछि धादिङकी साजु र सुजन लामा पनि यही आइपुगे । पाठेघर क्यान्सर भएर आमाको मृत्यु भएपछि अर्जुन लामिछाने १० पनि यतै आइपुगे ।
ुम यहीँ बसेर राम्ररी पढ्न सक्छुु लामिछानेले भने । गायक बन्ने सोच लिएका १३ वर्षे दिनेश विक ५ कक्षामा पढ्दै छन् । ुमलाई मादल पनि बजाउन आउँछु उनले भने ।

यहाँ रहेका २४ केटाकेटीका आफ्नै कथा छन् । नियमित पढाइ अवलोकनका लागि बिभिन्न संस्थाले स्वयंसेवा दिइरहेका राउत बताउँछन् ।
बिभिन्न सर्वेक्षणले नेपालमा कुल जनसंख्यको ७ प्रतिशत जनसंख्यामा अपांग रहेको देखाएको छ । यी मध्ये सबैभन्दा संवेदनशील बालबालिका नै हुन । यस्ता बालबालिकाको संरक्षणमा कमैले ख्याल राखेका छन् ।

No comments:

Contact Me

Name

Email *

Message *

Visiters