Tuesday, March 16, 2010
घुम्दै घान्द्रुक
अगाडी उभिएका डाँडाहरुले राताम्य लालीगुराँशका जाकेट ओढेका थिए । लाइन मिलेका अन्नपुर्ण हिउँचुली र माछापुच्छ्रे हेर्न एकहुल मान्छेहरु घान्द्रुकको मेश्रम बराह मावि स्कुलमा टक्क अडिएका ।
ुपहिला त अझै धेरै राम्रा देखिन्थे हिमालु ए_िक्सलेन्ट भ्यु लजका सुनबहादुर गुरुङले भने ुअहिले हिउ घटेर हिमालको चमक घटेको छ ।ु हिमालको चमक घटेपनि त्यहाँ पुगेका स्वदेशी र विदेशी साहित्यकारहरुको उत्साह भने घटेको थिएन ।
ुआहा कति रमाईलो ठाँऊ अमेरिकी बालसाहित्कार लिन्डा भेल्जेले भनिन् ुजीवनमा यस्तो ठाँउ पनि देखिन पाइँदो रहेछ ।ु नेपाल बाल साहित्य समाजले आयोजना गरेको २० औ बार्षिक सम्मेलनमा भाग लिन अमेरिकाबाट शनिबार घान्द्रुक आइपुगेकी थिइन् उनी ।
गएको सोमबार २०६६ फागुन २४ स्कुलको गेटमा स्वागतमको व्यानर टाँगिएको थियो । त्यसैको मुनि थिए फूलमाला लिइ उभिएका बालबालिका । जो कोहीको मन लोभ्याउने मिठो मुस्कानका साथमा । वरिपरी भर्खरै पालुवा लागेका रुखहरु । एकैछिनमा सबैका गलामा लालीगुराँसका माला सजिए । लगाइदिने खुसी लाउन पाएका झनै खुसी । यसै गरि खुसी साटासाटमै पहिलो दिन बित्यो ।
८८८
दोस्रो दिन । घान्द्रुकका घरै पिच्छे मकैका शुली झुण्डाएका थिए । तर मेश्रम बराह माविका पिढीमा भने पुस्तकहरु । बाल पुस्तकहरु पढ्नका लागि बालबालिकाको ठूलै घुइँचो लाग्यो ।
ुम कथा पढ्छु ५ कक्षा पढ्दै गरेकी बाह्र वर्षे फूलमाया साई ले किताव छान्न लागिन् । उनीसँगै थिम्जी मनिष गुरुङ ज्योति विक पनि कितावतिरै ध्यान दिन थाले । एकैछिनमा प्रदर्शनी झन् खचाखच हुन थाल्यो । साहित्य समाजले राखेका विभिन्न पुस्तक पढ्ने साथीहरुको उत्सुकता हेर्न लायकको थियो त्यती खेर । त्यसैको अघिल्तीर साहित्य समाजले आफ्नो वार्षिक उत्सव मनाउँदै थियो ।
मेश्रम बराह माविमा पुस्तकालय स्थापना गरेपछि बालबालिकामा पुस्तकालय प्रतिको चाख बढेको प्रधानध्यापक कृष्णप्रसाद पौडेलले बताए ।
पुस्तकालयमा २ कोठा छन् । पहिलो कोठामा मेचटेवल छन । ुबसेर पढ्नका लागि होु कक्षा ७ की शशी गुरुङले अर्को कोठामा देखाउँदै भनिन् ुकिताब चाहिँ भित्र छन् ।ु
गोर्खा वेलफेयर स्किम पोखराले १ लाख ५० हजार सहयोग गरेपछि तयार भएको थियो स्कुलको पुस्तकालय । ुजिल्ला शिक्षा कार्यालय कास्की मानवीय स्रोत विकास केन्द्र र रुम टु रिडले सहयोगपछि यसले पुर्णता पाएको होु स्कुलका प्रधानाध्यपक पौडेलले भने ुविद्यार्थीको चाप अनुसार अझै पनि प्रशस्त किताब छैनन् ।ु
पुस्तकालय कत्तिको आउँछन त साथीहरु यो कुरा सोध्न फेरि शशी तिर फर्कनु पर् यो ।
ुकक्षाको रुटीन अनुसार आउछौं हामीु उनी हाँसिन् । उनलाई धेरै चित्र भएको किताब पढ्न मन लाग्छ रे ।
धेरै साथीहरु भएकाले पुस्तकालय आउन पनि हप्दा दिनमा पालो कुर्न पर्ने । यो कुरामा भने विद्यालयका धेरै साथीलाई दुःख लागेको छ ।
कक्षामा कितावी ज्ञानमात्र पाइन्छ । बाह्य कुरा जान्नका लागि पुस्तकालय राम्रो स्थल भएको प्रधानाध्यपक पौडेलले बताए ।
ुपुस्तकालय आउनले अध्ययनमा रुचि बढ्छु उनले थपे ुविद्यार्थीको बौद्धिक क्षमता पनि थपिन्छ ।ु व्यवहारिक शिक्षा दिनका लागि पुस्तकालयले ठूलो योगदान गरेको उनको तर्क थियो ।
आफूहरुका लागि पुस्तक लेख्ने कथा कविता निबन्ध आदि लेखकहरुसँग भेट्न पाउँदा विद्यार्थीहरु निक्कै खुसी थिए ।
ुहामीलाई उनीहरुले गरेको माया सधैं सम्झने छौंुसाहित्य समाजका अध्यक्ष रामबाबु सुवेदीले भने । समाजले विद्यालयमा रहेको पुस्तकालयका लागि ६५ हजार नेपाली रुपैयाँ बराबरको किताब प्रदान गर् यो । यसमा विभिन्न प्रकाशन संस्थाले प्रकाशित गरेका पुस्तकहरु समेटेको समाजका सदस्य प्रमोद प्रधानले बताए । बाल साहित्यका पुस्तकमा नेपाली बालबालिकाको पहुँच निक्कै कम छ । ुउनीहरुको लागि सानै भएपनि सहयोग हुने हेतुले पुस्तक प्रदान गरेका हौंु साहित्यकार प्रधानले भने ।
विद्यालयलाई पुस्तक प्रदान गर्ने काममा नेपाली मात्र होइनन कोरियन साहित्यकार पनि अघि सरे ।
आफ्नो बाल कथा संग्रह ुकाले रुदैँनु को ५० प्रति कोरियाकी यु जंगीले पुस्तकालयका निम्ति प्रधानध्इापकलाई प्रदान गरिन् । ुप्रुन एसोसिएसन अफ लिट्रेचर फर चिल्ड्रन एण्ड यंग एडल्डु को सानो प्रयास भएको अध्यक्ष यङ सुक मुलले कार्यक्रममा बताइन । उनी सहित १२ कोरियन सम्मेलनमा भाग लिन आइपुगेका थिए ।
बाल साहित्यमा घोषणपत्र
साहित्य समाजको कथासंग्रह ुचिल्ड्रेन स्टोरिज प्रुम नेपालु अनन्त वाग्लेको बालकविता ुछाता ओढ्ने रहरु र इन्द्र अधिकारीको कथा ुबल्ल बुझेंु कार्यक्रममा बिमोचन भयो । सुर्य बीसीको कथा ुखानेकुरा खोज्न जाँदाु रक्षा थापाको ुहिमालु र शर्मिला खड्काको ुसानीको साहसु पनि विमोचन भयो ।
कार्यक्रममा बाल साहित्य सम्बन्धी १३ बुँदे घोषण पत्र पनि जारी गरियो । ुकेही साचारमाध्यमका सामाग्री बालबालिका लागि हानिकारक बन्दै छु घोषणापत्रका तयारी समितीका संयोजक विनय कसजुले भने ुयसलाई रोकिनु पर्छ भन्ने हाम्रो माग हो ।ु
आमसाचार माध्ययमले बालहितका लागि स्वस्थ र आनन्ददायी खुराक प्रस्तुत गर्नुपर्ने उनले बताए । शैक्षिक संस्था र विद्यालयमा सरकारले पुस्तकालय व्यवस्था गर्नुपर्ने माग पनि घोषणपत्रमा समेटेको छ । कार्यक्रममा पूर्व शिक्षा मन्त्री प्रदीप नेपाल सहित करिब ९० जना बाल साहित्यकारको उपस्थित थियो ।
सम्मेलनमा चित्रकार युवक श्रेष्ठ कथाकार द्वय कन्हैया नासननी र कृष्णाप्रसाद पराजुली २०६४ को उत्कृष्ट चित्रकार र कथाकारको रुपमा पुरस्कृत भए । कथाकार द्वय गीता सापकोटा मित्रलाल पंगेनी र कलाकार दीपक गौतमले २०६५ को पुरस्कार पाएका थिए । पुरस्कार समाजले प्रत्येक वर्ष तीन सर्जकलाइ प्रदान गर्दै आएको छ ।
कार्यक्रमका सह आयोजक अन्नपुर्ण संरक्षण कोष सिविन पोखरेली युवा सांस्कृतिक परिवार घान्द्रुक होटल व्यावसयी समिती र गण्डकी साहित्य संगम हुन । हाजिरी जवाफ नृत्य प्रतियोगिता र चित्रकलामा साहित्य सिर्जनाको कार्यक्रम पनि राखिएको थियो सम्मेलनमा । साहित्यकार अभि सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन पुगेकालाई पोखरेली युवा सांस्कृतिक परिवारले स्वागत गरेका थिए ।
जूनकीरीमा प्रकाशित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment