Sunday, February 14, 2010

छेतेनको चित्रमा भविश्य





ुवातावरण कस्तो बनाउने हामी नै त हौु उनले भने ुसहरमा फोहर बढ्दै गएको छ सरसफाइमा अहिले देखि नै लाग्नुपर्छ ।ु बेलैमा यसो नगरॆ प्रकृतिक सुन्दरता हराउन बेर नलाग्ने उनले भनिन । ुसहरी भविश्यको लागि हामीले के गर्न सकिन्छु शीर्षकमा युएन हयाविटयन्टले अयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम भएकी थिइन ड्याफोडिल बोर्डिङ स्कुल-६ कपनकी छेतेन लामा ११ । वल्ड ह्यविट्याट डे २००९ मा संकलन गरिएका चित्रहरुको नतिजा अघिल्लो मंगलबार निकालिएको थियो ।



ुचित्रकलामा उनी लगनशील छिन्ु शिक्षक रोशन प्रधानले भने ुयसैको फल उनले पाएकी छिन ।ु शान्त मुद्रमा रहेमा मात्र चित्र कोर्न सकिने उनको भनाई छ । जापान चीन रुस स्वीजरल्याण्ड फिलिपिन्स लगाएतका ७ सय ५८ विद्यार्थीका चित्र समावेश गरिएको थियो । उक्त प्रतियोगितामा नेपालबाट ५० चित्र समावेश गरिएका थिए ।



ुसबै काम दुई हातले गर्ने हो जोगाउने कि बिगार्ने ।ु आफ्नो चित्र देखाउदै उनले भनिन् ुवातावरण जोगाउनका लागि सोलर कार साइकल जस्ता सवारी प्रयोग गर्नुपर्छ । सडक दयाबयाँ विरुवा रोप्ने कलकरखानालाई बस्तीबाट टाढा पर्ने गरी व्यवस्थित रुपमा स्थापना गर्ने ढल तथा फोहरलाई उचित व्यवस्थापन गर्ने ।ु धुवाँधुलोबाट जोगिनका लागि इलेक्ट्रीक साधनको प्रयोगमा जोड दिन सकिन्छ ।



ुसुरुमा त मलाई पत्यार लागेको थिएनु उनले हाँस्दै भनिन ुसर्टिफिकेट हातमा आए पछि दंग भए ।ु त्यो क्षण सबैभन्दा खुसी लागेको उनले बताईन । घरमा आमाबाबाले पनि स्याबास दिएकाले उनी चित्रकलामा अझै हौसिएकी छिन । शिक्षकशिक्षकाले मात्र होइन साथीले पनि उनलाई प्रोत्सहान दिन थालेका छन रे ।



सानै देखि चित्र कोर्ने रुचि लागेको बताउने उनी विभिन्न प्रतियोगितामा भाग लिइसकेका छन । सानैमा आफ्नो कला देखाएकी उनले स्कुलको इज्जत पनि बढाएको शिक्षक प्रधानले बताए । विद्यार्थीलाई कितावको ज्ञानमा मात्र सीमित नराखी यस प्रकारको सिर्जानात्मक कि्रयकलाप गरेमा उनीहरुको बौद्धिक क्षमता अभिवृद्धि हुन शिक्षकको भनाई छ ।



ुनतिजा राम्रो आएछु खुसी हुदै उनका बाबा छिरिङ लामाह्योल्मोले भन ुउसको कलालाई सबैले मन पराएछन ।ु कर्पेट डिजाइन व्यवसायी बाबालाई आफ्नो कलाले सहयोग गर्ने उनको धोको छ । त्यसो त उनको लक्ष्य भने डाक्टर बन्ने हो । ।ुदेशको सेवा गर्नका लागि डाक्टर बन्ने होु उनले भनिन ुफुस्रदमा चित्र कोर्ने हो ।ु



जोरपाटी काठमाडौंमा घर भएकी छेतेन बास्केटवल खेल्न मन पराउछिन । समय मिलाएर स्विमिङ जान पनि मन पराउछिन उनी । सानैदेखि होस्टलमा बसेकी उनी पढाइमा पनि लगनसील छिन । चित्रमा रुचि राख्ने साथीलाई चित्रको आकृति र प्रकृति बनाएर कोरेमा राम्रो हुने बताइन ।


No comments:

Contact Me

Name

Email *

Message *

Visiters