Friday, February 27, 2009

पुच्छर समातेर टाउकोमा टेक्न खोज्ने माओवादी

नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले पुच्छरमा समातेर टाउकोमा टेक्न खोजेको रमाइलो विश्लेषण गरेका छन्। चितवनको सौराहामा हिजोदेखि सुरुभएको थारु राष्ट्रिय सांस्कृतिक महोत्सवको उदघाटन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन्।
कोइरालाको यो भनाई एकताका माओवादीले अवलम्बन गरेको रणनीति ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ लाई व्यङ्ग्य गरे झैँ देखिन्छ। कोइरालाले यसो भन्नुको कारण पनि खुलाए।
उनी भन्छन्- माओवादीले विकासको नारालाई पुच्छर बनाएका हुन्। विकासको नारालाई मात्र अगाडि सारेर देशमा शान्ति र स्थिरता हुँदैन, यसका लागि नयाँ संविधान चाहिन्छ। माओवादीले आलटाल गरेर संविधान निर्माणको कामलाई ओझेलमा पार्न खोजेको आरोप पनि उहाँको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्ति र स्थिरताका लागि काम गर्न नसकेको जिकिर गर्दै सभापति कोइरालाले चेतावनी दिए-भनेको मानेनन् भने प्रचण्डको भविष्य छैन ।
कोइराला नि थारु हुने रेपूर्व प्रधानमन्त्री कोइरालाले आफू थारु गाउँमै हुर्के, बढेकाले तिनका सबै मागको सम्बोधन हुनसके आफू पनि पूर्णरूपमा थारु हुने समेत बताए। त्यसो त कोइराला जहाँ गए पनि भावनात्मक सम्बन्ध छ भनेर भनिदिइहाल्छन्।
मुलुकलाई लठ्ठी चाहिन्छ रेथारु युवाले प्रस्तुत गरेको लठ्ठीनाच हेरिसकेपछि आफैले उनीहरूसँग फोटो खिचाउन अनुरोध गरेका सभापति कोइरालाले हस्यौलीपारामा भनेका थिए- अब मुलुकका लागि यही चाहिन्छ ।
पत्रकारको जात न परे, ठट्टाका कुरालाई नि इस्यु बनाइहाले। कार्यक्रमपछिको पत्रकार भेटघाटमा किन लठ्ठी चाहिन्छ भनी पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने प्रतिकारका लागि चाहिन्छ भनेको नि। तर त्यसलाई ‘इस्यु’ नबनाउनसमेत उनले पत्रकारलाई आग्रह गरे।
from mysansar.com

1 comment:

Anonymous said...

what a yar girija

Contact Me

Name

Email *

Message *

Visiters