सरकार परिवर्तनका लागि मे दिवसको अवसरमा ल्याएका मजदुर र गाँउले प्रयोग गरी माओवादीले विशाल प्रदर्शन गर्दैछ । दलहरुले संविधान नबनेसम्म बन्द हडताल नगर्ने प्रतिबद्धता तोड्दै माओवादीले यसपटक पनि आन्दोलन गरेको छ । आन्दोलनमा लाखौ मानिसहरु सामेल भएको विभिन्न साचार माध्ययमले जनाएको छ ।
प्रधानमन्त्री माधव नेपालको राजीनामा माओवादीको प्रमुख माग हो । सत्ता परिवर्तनका लागि कक्षा १२ का परीक्षा समेत अवरुद्ध हुने गरी गराएको हड्तालमा विभिन्न झडप समेत भएको छ । झडपमा परी केही विद्यार्थी र माओवादी समेत घाईते भएको खवर छ । सरकार छाड्ने कुनै संकेत नभएपछि भोलि पनि आन्दोलन जारी रहनेछ । जनतालाई सहुलियत दिन साँझ केही बेर खुल्ल गरिने माओवादीले जनाएको छ ।
No comments:
Post a Comment