Sunday, October 4, 2009

रेडियोमा मन्दिप Mandip Guragain




नेत्रबहादुर तामाङ

स्कुलबाट छुट्टिने बितिकै उनलाइ भ्याइनभ्याइ हुन्छ । हरेका सोमबार र बिहिबार स्कुल सकिन साथ हतार हुन्छ उनलाइ । सीधै सिहंदरबारतिर लाग्छन । परिचयपत्रमा एकातिर स्कुलको कार्ड छ अर्को तिर सिहंदरबारको ।

उनी सेन्ट जेभियर कक्षा ६ जवलाखेलमा पढ्दैछन । मन्दिप गुरागाँई ११ लाई भ्याइनभ्याइ भएको बेलामा सोधियो भने उत्तर आउछ ुरेडियो नेपालमा जानुपर्छ एकछिन पछि समाचार भन्नुपर्छ हामीलेु उनले प्रष्ट पारे ुरेडियो नेपालबाट ५ बजे बाल समाचार प्रसरण हुन्छ हो त्यही जाने हो ।ु

ुसुचना बिना मानिस मानिसको दिनचर्या पुरा हुदैनु उनले भने ुहामीले सुचनामुलक समाचार र बालबालिका सम्बन्धी समाचार प्रसरण गर्नुपर्छ ।ु रेडियोमा बोले यता उनले धेरै साथीहरु बनाए रे । अझ मथिल्लो कक्षाका दाइदिदीले पनि उनलाई रेडियोको कार्यक्रम सम्बन्धी सोध्दा मन रमाइलो हुन्छ रे । ुयहाँ १३ जना छन बाल समाचार भन्नेु रेडियो नेपालकी विनिता चौधरीले भनिन्
ुउसको प्रस्तुति राम्रो छ भोलिका दिनमा उसको खुबीले राम्रै काम पाउनेछ ।ु

उनी रेडियोमा बोल्न थालेयता उनका बाबा महेन्द्रप्रसाद पनि मख्ख परेका छन । ुछोरालाई आफ्नै इच्छा अनुसारको काम गर्न दिने होु उनले थपे ुरेडियोमा पनि उनको चासो छ ।ु काका चिराजीवी भने मन्दिपले आफ्नो सपना साकार पारेकोमा खुसी लाग्छ रे ।

उनको बोल्ने कला मात्र होइन संगीतमा पनि उतिकै रुचि राख्छन । केही महिना अगडि उनले स्कुलमै पियनो कन्सर्ट गर्न भ्याए । उनको यो कलाले सबैलाइ उत्साही बनाए । सरमिस पनि त उनल्ााइ मन पराउन थालेका रहेछन । उनी पढाइलाइ पनि समय दिन्छन । यसको अलावा चित्रकलामा पनि रुचि रहेछ ।

बाबाआमा संगै सिनामंगलमा बस्दै आएका मन्दिपलाइ डाक्टर बन्न मन छ रे । रेडियोमा बोल्न चाहने साथीलाई के भन्न चाहान्छौ तुएकचोटि सिहंदरबार घुमौ साथी होु उनले सम्झिदै बने ुस्वर परीक्षण गरौ नेपाली भाषा राम्रो बनाउ कम्पीटिसन हुन्छ राम्रो गरौ बोल्न सकिहालिन्छ नि ।ु




दशैको भारी children working their dhasain vacation









नेत्रबहादुर तामाङ

ुपानी बोक्ने काम हाम्रो हो दाइु कानपुर मावि ८ मा पढ्ने भगवान तामाङले थाप्लोको नाम्लो खुकुलो पार्दै भने ुदशै आयो त्यसैले अहिले त रमाइलो छ पानी ओसार्न पनि ।ु काभ्रेपलााचोक कानपुर ३ भत्तेरेका भगवान यसरी नै दिनहुँ पानी ओसा्रछन । यो बेला उनले पधेँरामा धेरै साथी पनि भेट्छन । त्यसैले त यो बेला रमाईलो लाग्छ रे उनलाई ।

उनी मात्र होइन यहाँका भाइबहिनीको काम नै यही रहेछ । पानी ओसार्ने आमाबाबालाई सक्दो सहयोग गर्ने ।स्कुल बन्द होस या खुला । ुठुलाको काम त अरु धेरै हुन्छु सिमपानीका ज्ञानबहादुर तामाङले भने ुसानाले यही काममा सघाउछन ।ु उनी आफ्ना छोराका लागि पानी ल्याउन सजिलो होस भनेर डोको किन्न आएका रहेछन । यहाँका बासिन्दा पानी लिन टाढा जानुपर्ने भएकोले बोक्नका लागि डोको नाम्लोको प्रयोग गर्छन । यही बेला मकै बटुल्ने बारी खन्ने काम पनि हुन्छ । जसका लागि बालबालिका बाहेक सबै लागिपर्छन ।

ुपानी ल्याउनका लागि त सजिलो छैनु डोको बिसाउदै भगवानले भने ुदुई घण्टा लाग्छ हो जम्म ।ु उसो त पानी पुर्यापछि परिवारमा खानपिनको बन्दोबस्त लगाउने काम उनकै रहेछ । यस भेगका बालबालिकाले बिकासे धारा देखेका छैनन सुनेका मात्र छन रे । हुन त खानेपानीका लागि भनेर थुप्रै बजेट पनि आएको स्थानीयले सुनेका छन । कतिबेला आउने हो गाँउलेलाई थाहा छैन । ुसधै यस्तै होु यसपाला पानी पनि कम परेकोले दुःख भएको हो कि भन्ने प्रश्नको जवाफमा उनले भने ुस्कुल भए पनि नभए पनि हाम्रो उमेरका साथीहरु पानी ल्याउने काम नै गर्छन ।ु

यो समस्यालाई उनीहरु सामान्य नै ठान्छन यतिबेला किन त
ुदशै आयो सबैतिर रमाइलाु सात बर्षीय लामिन लामाले भनिन् ु नाटक पनि देखाउने रे गीत पनि गाँउछन नाच्ने हो ।ु स्कुलमा दशैतिहारको लागि एकै पटकको छुटटी दिएको छ । सधै पढाइ पढाइ भन्ने शब्दले वक्क भएका बालबालिकाको लागि यो उत्सव नै हो धित मर्ने गरी रमाइलो गर्ने । चङगा उडाउन मन लाग्छ कि लाग्दैन ुअह मलाई त उडाउन आउदैनु उनले भनिन । दिनभर साथी भाइ संग खेलिन्छ र पानी पनि ओसरिन्छ उनीहरुले भने ।

ुतामाङ सस्कृतिमा दशैलाई खासै महत्व नदिए पनि धुमधामका साथ मनाइन्छु लामिनका बाबा घनध्वजले भने ुभनिन्छ यो बेला बालबालिको रमाईलोको लागि पनि बाध्य भएर चल्नुपर्छ ।ु पानी लिन आएका साथीहरु एकले अर्कालाई हेर्दै हासेँ । ुदशैमा नयाँ लुगा लगाउने मामाघर जाने होु कक्षा ४मा पढ्ने वाङतेन थिङले भने ुटिका लगाइ जमरा राखेपछि पिङ खेल्ने हो धेरै रमाईलो हुन्छ त ।ु उनी झै भगवान लाइ पनि यो पर्व रमाइलो लाग्छ रे । ुयो बेला घुम्ने टाढाका आफन्तसंग भेटघाट गर्ने अति मज्जा पो हुन्छ त ।ु



कुरा उनको गाविसको मात्र होइन एक डाँडा पारी रहेका सिपाली गाविसको पनि उस्तै छ ।ुसरकारले बनाइदिएको धारामा पानी नआएको दुइ बर्ष भइसक्योु हर्कमान तामाङले भने ुपानीको मुलमा पुग्न दुइ दिन लाग्छ ।ु अधिकांश बस्ती तामाङ रहेको यी गाँउमा खानेपानीको समस्याले पिरोलि नै रहेको छ । ुठुलाको त अर्कै काम हुन्छु उनले भने ुदिनभर जसो पानी बोक्ने काम हाम्रो नै हो ।ु चाडवाडको रौस सबैलाई लागेको छ । उनी दशैका लागि उकाली ओराली गरिरहदा रमाइरहका थिए । सहरमा भएका पनि गाँउतिर फर्किरहेका छन । यस्तो भेटघाटमा सबैलाई दशैको उत्साह थपेको छ ।

दशै गाँउघर सम्म आइपुग्दा धेरै सरसामन जुटाउन सहर पनि धाउछन । कटुन्जेमा सरर बगिरहेको रोशी माथि एउटा झोलुंगे पुल । पुल तरेपछि चिउरा बोकेर उकालो चढिरहेका भेटिन्छन कति बालबालिकाहरु । यसरी उकालो लाग्दै गर्दा सिपालीका नानु मोक्तन १४ भेटिए । उनी संगै आफन्त पनि चीजबीज किन्न आइपगेका थिए । ुदशैमा खानु परेनु चिउरा किन भन्ने प्रश्नको जवाफमा उनले भनिन् ुआज एक दिन हो दुःख अनि भोलि देखि त साचो हुन्छ हो ।ु दुइ घण्टाको ठाडै उकालो यता उति भीर पनि कति डर नमानी उनीहरु उकालो चढिरहेका थिए ।


He has mental problems


बह्रा वर्षे पूर्ण तामाङ मानसिक रुपमा स्वस्थ छैनन् । शारीरिक रुपमा भने उनी स्वस्थ देखिन्छन् । उनी समयमा खाना खान्छन् । समयमै सुत्छन् ।

उनका बाबाका अनुसार ५ बर्ष सम्म उनी मानसिक रुपमा पनि ठीक थिए । काम सघाउन खेतबारीसम्म पनिसँगै जान्थे । साथी भाइसँगै खेल्थे । बाटोमा स्कुले केटाकेटी देखेपछि म पनि जान्छु भनेर उत्साहित हुन्थे ।

अहिले भने उनको अवस्था फरक छ । उनी घरको अगेँना नेर खेल्छन मात्र । खरानीसँग खेल्दैमा उनको दिन बित्छ । उनका उमेरका साथीभाई उनको नजिक पर्दैनन । केवल एक्लै खेलिरहन्छन । कसैसँग बोल्दैनन् पनि । भोक लागेपछि ुभात खानेु भन्दै कराउँछन् । छोराको यस्तो हाल देखेर बाबा सिरपाते दुखी छन् ।

ुबिगार गर्छ की भनेर अरुले अगि पर्न दिँदैनन्ु उनकी आमा फूलमाया भन्छिन् ुत्यसैले घर छाडेर कतै हिड्दैन् यो ।ु

सुरुका दिनमा उनीहरुले झारफुक पनि गरे । धामी झाँकि्रकहाँ पनि पुर् याए । तर त्यसले पुर्णमा कुनै सकारात्मक परिवर्तन ल्याएन । अस्पताल लगे ठिक हुन्छ भनेर पनि केहीले सुनाए । घरको कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले अस्पताल पुर् याउन सकेका छैनन् ।

५ वर्षमा पुर्णमा मानसिक समस्या आएपछि उनले जे मन लाग्यो त्यही काम गर्थे । गाउँका कुखुरा फुत्काइदिने लखेट्ने जहाँ पायो त्यही दिसा गर्ने जस्ता काम गर्थे रे । उनको यो चालाले धेरै मान्छेले उनलाई पिट्ने र आफ्नो घर आउँदा हपार्ने गर्न थालेको फूलमाया बताउँछिन् । ुउसलाई त दुःख छँदैछ हामीलाई पनि दुःख भएको छ उसको अवस्थालेु पुर्णकी ठूलीआमा माइली तामाङ भन्छिन्ुकोही सहयोग गर्ने पाए उसको राम्रो उपचार हुन सक्थ्यो ।ु
पुर्णका बाबा खेतिपाती काम गर्छन । आमा पनि घरायसी काममै दिन बिताउँछिन् । अपांग संरक्षणका लागि सरकारले भत्ताको व्यबस्था गरेको छ । पुर्ण अपांगको वर्गिकरणमा ुगु वर्गमा परेका छन् । यसको अर्थ के हो भत्ता कसरी पाइन्छ न सिरपातेलाई थाहा छ न उनका आफन्तलाई नै ।

ुसबै कुरा थाहा पाउने भए अहिले सम्म उ ठिक हुन्थ्यो होलाु सिरपाते भन्छन् ुकसैले उपचारको बाटो देखाइदिए हामी खुसी हुन्थ्यौं । ु

Contact Me

Name

Email *

Message *

Visiters