Sunday, October 4, 2009

रेडियोमा मन्दिप Mandip Guragain




नेत्रबहादुर तामाङ

स्कुलबाट छुट्टिने बितिकै उनलाइ भ्याइनभ्याइ हुन्छ । हरेका सोमबार र बिहिबार स्कुल सकिन साथ हतार हुन्छ उनलाइ । सीधै सिहंदरबारतिर लाग्छन । परिचयपत्रमा एकातिर स्कुलको कार्ड छ अर्को तिर सिहंदरबारको ।

उनी सेन्ट जेभियर कक्षा ६ जवलाखेलमा पढ्दैछन । मन्दिप गुरागाँई ११ लाई भ्याइनभ्याइ भएको बेलामा सोधियो भने उत्तर आउछ ुरेडियो नेपालमा जानुपर्छ एकछिन पछि समाचार भन्नुपर्छ हामीलेु उनले प्रष्ट पारे ुरेडियो नेपालबाट ५ बजे बाल समाचार प्रसरण हुन्छ हो त्यही जाने हो ।ु

ुसुचना बिना मानिस मानिसको दिनचर्या पुरा हुदैनु उनले भने ुहामीले सुचनामुलक समाचार र बालबालिका सम्बन्धी समाचार प्रसरण गर्नुपर्छ ।ु रेडियोमा बोले यता उनले धेरै साथीहरु बनाए रे । अझ मथिल्लो कक्षाका दाइदिदीले पनि उनलाई रेडियोको कार्यक्रम सम्बन्धी सोध्दा मन रमाइलो हुन्छ रे । ुयहाँ १३ जना छन बाल समाचार भन्नेु रेडियो नेपालकी विनिता चौधरीले भनिन्
ुउसको प्रस्तुति राम्रो छ भोलिका दिनमा उसको खुबीले राम्रै काम पाउनेछ ।ु

उनी रेडियोमा बोल्न थालेयता उनका बाबा महेन्द्रप्रसाद पनि मख्ख परेका छन । ुछोरालाई आफ्नै इच्छा अनुसारको काम गर्न दिने होु उनले थपे ुरेडियोमा पनि उनको चासो छ ।ु काका चिराजीवी भने मन्दिपले आफ्नो सपना साकार पारेकोमा खुसी लाग्छ रे ।

उनको बोल्ने कला मात्र होइन संगीतमा पनि उतिकै रुचि राख्छन । केही महिना अगडि उनले स्कुलमै पियनो कन्सर्ट गर्न भ्याए । उनको यो कलाले सबैलाइ उत्साही बनाए । सरमिस पनि त उनल्ााइ मन पराउन थालेका रहेछन । उनी पढाइलाइ पनि समय दिन्छन । यसको अलावा चित्रकलामा पनि रुचि रहेछ ।

बाबाआमा संगै सिनामंगलमा बस्दै आएका मन्दिपलाइ डाक्टर बन्न मन छ रे । रेडियोमा बोल्न चाहने साथीलाई के भन्न चाहान्छौ तुएकचोटि सिहंदरबार घुमौ साथी होु उनले सम्झिदै बने ुस्वर परीक्षण गरौ नेपाली भाषा राम्रो बनाउ कम्पीटिसन हुन्छ राम्रो गरौ बोल्न सकिहालिन्छ नि ।ु




No comments:

Contact Me

Name

Email *

Message *

Visiters