बह्रा वर्षे पूर्ण तामाङ मानसिक रुपमा स्वस्थ छैनन् । शारीरिक रुपमा भने उनी स्वस्थ देखिन्छन् । उनी समयमा खाना खान्छन् । समयमै सुत्छन् ।
उनका बाबाका अनुसार ५ बर्ष सम्म उनी मानसिक रुपमा पनि ठीक थिए । काम सघाउन खेतबारीसम्म पनिसँगै जान्थे । साथी भाइसँगै खेल्थे । बाटोमा स्कुले केटाकेटी देखेपछि म पनि जान्छु भनेर उत्साहित हुन्थे ।
अहिले भने उनको अवस्था फरक छ । उनी घरको अगेँना नेर खेल्छन मात्र । खरानीसँग खेल्दैमा उनको दिन बित्छ । उनका उमेरका साथीभाई उनको नजिक पर्दैनन । केवल एक्लै खेलिरहन्छन । कसैसँग बोल्दैनन् पनि । भोक लागेपछि ुभात खानेु भन्दै कराउँछन् । छोराको यस्तो हाल देखेर बाबा सिरपाते दुखी छन् ।
ुबिगार गर्छ की भनेर अरुले अगि पर्न दिँदैनन्ु उनकी आमा फूलमाया भन्छिन् ुत्यसैले घर छाडेर कतै हिड्दैन् यो ।ु
सुरुका दिनमा उनीहरुले झारफुक पनि गरे । धामी झाँकि्रकहाँ पनि पुर् याए । तर त्यसले पुर्णमा कुनै सकारात्मक परिवर्तन ल्याएन । अस्पताल लगे ठिक हुन्छ भनेर पनि केहीले सुनाए । घरको कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले अस्पताल पुर् याउन सकेका छैनन् ।
५ वर्षमा पुर्णमा मानसिक समस्या आएपछि उनले जे मन लाग्यो त्यही काम गर्थे । गाउँका कुखुरा फुत्काइदिने लखेट्ने जहाँ पायो त्यही दिसा गर्ने जस्ता काम गर्थे रे । उनको यो चालाले धेरै मान्छेले उनलाई पिट्ने र आफ्नो घर आउँदा हपार्ने गर्न थालेको फूलमाया बताउँछिन् । ुउसलाई त दुःख छँदैछ हामीलाई पनि दुःख भएको छ उसको अवस्थालेु पुर्णकी ठूलीआमा माइली तामाङ भन्छिन्ुकोही सहयोग गर्ने पाए उसको राम्रो उपचार हुन सक्थ्यो ।ु
पुर्णका बाबा खेतिपाती काम गर्छन । आमा पनि घरायसी काममै दिन बिताउँछिन् । अपांग संरक्षणका लागि सरकारले भत्ताको व्यबस्था गरेको छ । पुर्ण अपांगको वर्गिकरणमा ुगु वर्गमा परेका छन् । यसको अर्थ के हो भत्ता कसरी पाइन्छ न सिरपातेलाई थाहा छ न उनका आफन्तलाई नै ।
ुसबै कुरा थाहा पाउने भए अहिले सम्म उ ठिक हुन्थ्यो होलाु सिरपाते भन्छन् ुकसैले उपचारको बाटो देखाइदिए हामी खुसी हुन्थ्यौं । ु

No comments:
Post a Comment