Tuesday, March 16, 2010

घुम्दै घान्द्रुक




अगाडी उभिएका डाँडाहरुले राताम्य लालीगुराँशका जाकेट ओढेका थिए । लाइन मिलेका अन्नपुर्ण हिउँचुली र माछापुच्छ्रे हेर्न एकहुल मान्छेहरु घान्द्रुकको मेश्रम बराह मावि स्कुलमा टक्क अडिएका ।

ुपहिला त अझै धेरै राम्रा देखिन्थे हिमालु ए_िक्सलेन्ट भ्यु लजका सुनबहादुर गुरुङले भने ुअहिले हिउ घटेर हिमालको चमक घटेको छ ।ु हिमालको चमक घटेपनि त्यहाँ पुगेका स्वदेशी र विदेशी साहित्यकारहरुको उत्साह भने घटेको थिएन ।



ुआहा कति रमाईलो ठाँऊ अमेरिकी बालसाहित्कार लिन्डा भेल्जेले भनिन् ुजीवनमा यस्तो ठाँउ पनि देखिन पाइँदो रहेछ ।ु नेपाल बाल साहित्य समाजले आयोजना गरेको २० औ बार्षिक सम्मेलनमा भाग लिन अमेरिकाबाट शनिबार घान्द्रुक आइपुगेकी थिइन् उनी ।



गएको सोमबार २०६६ फागुन २४ स्कुलको गेटमा स्वागतमको व्यानर टाँगिएको थियो । त्यसैको मुनि थिए फूलमाला लिइ उभिएका बालबालिका । जो कोहीको मन लोभ्याउने मिठो मुस्कानका साथमा । वरिपरी भर्खरै पालुवा लागेका रुखहरु । एकैछिनमा सबैका गलामा लालीगुराँसका माला सजिए । लगाइदिने खुसी लाउन पाएका झनै खुसी । यसै गरि खुसी साटासाटमै पहिलो दिन बित्यो ।



८८८

दोस्रो दिन । घान्द्रुकका घरै पिच्छे मकैका शुली झुण्डाएका थिए । तर मेश्रम बराह माविका पिढीमा भने पुस्तकहरु । बाल पुस्तकहरु पढ्नका लागि बालबालिकाको ठूलै घुइँचो लाग्यो ।

ुम कथा पढ्छु ५ कक्षा पढ्दै गरेकी बाह्र वर्षे फूलमाया साई ले किताव छान्न लागिन् । उनीसँगै थिम्जी मनिष गुरुङ ज्योति विक पनि कितावतिरै ध्यान दिन थाले । एकैछिनमा प्रदर्शनी झन् खचाखच हुन थाल्यो । साहित्य समाजले राखेका विभिन्न पुस्तक पढ्ने साथीहरुको उत्सुकता हेर्न लायकको थियो त्यती खेर । त्यसैको अघिल्तीर साहित्य समाजले आफ्नो वार्षिक उत्सव मनाउँदै थियो ।

मेश्रम बराह माविमा पुस्तकालय स्थापना गरेपछि बालबालिकामा पुस्तकालय प्रतिको चाख बढेको प्रधानध्यापक कृष्णप्रसाद पौडेलले बताए ।



पुस्तकालयमा २ कोठा छन् । पहिलो कोठामा मेचटेवल छन । ुबसेर पढ्नका लागि होु कक्षा ७ की शशी गुरुङले अर्को कोठामा देखाउँदै भनिन् ुकिताब चाहिँ भित्र छन् ।ु



गोर्खा वेलफेयर स्किम पोखराले १ लाख ५० हजार सहयोग गरेपछि तयार भएको थियो स्कुलको पुस्तकालय । ुजिल्ला शिक्षा कार्यालय कास्की मानवीय स्रोत विकास केन्द्र र रुम टु रिडले सहयोगपछि यसले पुर्णता पाएको होु स्कुलका प्रधानाध्यपक पौडेलले भने ुविद्यार्थीको चाप अनुसार अझै पनि प्रशस्त किताब छैनन् ।ु



पुस्तकालय कत्तिको आउँछन त साथीहरु यो कुरा सोध्न फेरि शशी तिर फर्कनु पर् यो ।

ुकक्षाको रुटीन अनुसार आउछौं हामीु उनी हाँसिन् । उनलाई धेरै चित्र भएको किताब पढ्न मन लाग्छ रे ।

धेरै साथीहरु भएकाले पुस्तकालय आउन पनि हप्दा दिनमा पालो कुर्न पर्ने । यो कुरामा भने विद्यालयका धेरै साथीलाई दुःख लागेको छ ।



कक्षामा कितावी ज्ञानमात्र पाइन्छ । बाह्य कुरा जान्नका लागि पुस्तकालय राम्रो स्थल भएको प्रधानाध्यपक पौडेलले बताए ।



ुपुस्तकालय आउनले अध्ययनमा रुचि बढ्छु उनले थपे ुविद्यार्थीको बौद्धिक क्षमता पनि थपिन्छ ।ु व्यवहारिक शिक्षा दिनका लागि पुस्तकालयले ठूलो योगदान गरेको उनको तर्क थियो ।

आफूहरुका लागि पुस्तक लेख्ने कथा कविता निबन्ध आदि लेखकहरुसँग भेट्न पाउँदा विद्यार्थीहरु निक्कै खुसी थिए ।

ुहामीलाई उनीहरुले गरेको माया सधैं सम्झने छौंुसाहित्य समाजका अध्यक्ष रामबाबु सुवेदीले भने । समाजले विद्यालयमा रहेको पुस्तकालयका लागि ६५ हजार नेपाली रुपैयाँ बराबरको किताब प्रदान गर् यो । यसमा विभिन्न प्रकाशन संस्थाले प्रकाशित गरेका पुस्तकहरु समेटेको समाजका सदस्य प्रमोद प्रधानले बताए । बाल साहित्यका पुस्तकमा नेपाली बालबालिकाको पहुँच निक्कै कम छ । ुउनीहरुको लागि सानै भएपनि सहयोग हुने हेतुले पुस्तक प्रदान गरेका हौंु साहित्यकार प्रधानले भने ।

विद्यालयलाई पुस्तक प्रदान गर्ने काममा नेपाली मात्र होइनन कोरियन साहित्यकार पनि अघि सरे ।

आफ्नो बाल कथा संग्रह ुकाले रुदैँनु को ५० प्रति कोरियाकी यु जंगीले पुस्तकालयका निम्ति प्रधानध्इापकलाई प्रदान गरिन् । ुप्रुन एसोसिएसन अफ लिट्रेचर फर चिल्ड्रन एण्ड यंग एडल्डु को सानो प्रयास भएको अध्यक्ष यङ सुक मुलले कार्यक्रममा बताइन । उनी सहित १२ कोरियन सम्मेलनमा भाग लिन आइपुगेका थिए ।







बाल साहित्यमा घोषणपत्र



साहित्य समाजको कथासंग्रह ुचिल्ड्रेन स्टोरिज प्रुम नेपालु अनन्त वाग्लेको बालकविता ुछाता ओढ्ने रहरु र इन्द्र अधिकारीको कथा ुबल्ल बुझेंु कार्यक्रममा बिमोचन भयो । सुर्य बीसीको कथा ुखानेकुरा खोज्न जाँदाु रक्षा थापाको ुहिमालु र शर्मिला खड्काको ुसानीको साहसु पनि विमोचन भयो ।



कार्यक्रममा बाल साहित्य सम्बन्धी १३ बुँदे घोषण पत्र पनि जारी गरियो । ुकेही साचारमाध्यमका सामाग्री बालबालिका लागि हानिकारक बन्दै छु घोषणापत्रका तयारी समितीका संयोजक विनय कसजुले भने ुयसलाई रोकिनु पर्छ भन्ने हाम्रो माग हो ।ु



आमसाचार माध्ययमले बालहितका लागि स्वस्थ र आनन्ददायी खुराक प्रस्तुत गर्नुपर्ने उनले बताए । शैक्षिक संस्था र विद्यालयमा सरकारले पुस्तकालय व्यवस्था गर्नुपर्ने माग पनि घोषणपत्रमा समेटेको छ । कार्यक्रममा पूर्व शिक्षा मन्त्री प्रदीप नेपाल सहित करिब ९० जना बाल साहित्यकारको उपस्थित थियो ।



सम्मेलनमा चित्रकार युवक श्रेष्ठ कथाकार द्वय कन्हैया नासननी र कृष्णाप्रसाद पराजुली २०६४ को उत्कृष्ट चित्रकार र कथाकारको रुपमा पुरस्कृत भए । कथाकार द्वय गीता सापकोटा मित्रलाल पंगेनी र कलाकार दीपक गौतमले २०६५ को पुरस्कार पाएका थिए । पुरस्कार समाजले प्रत्येक वर्ष तीन सर्जकलाइ प्रदान गर्दै आएको छ ।



कार्यक्रमका सह आयोजक अन्नपुर्ण संरक्षण कोष सिविन पोखरेली युवा सांस्कृतिक परिवार घान्द्रुक होटल व्यावसयी समिती र गण्डकी साहित्य संगम हुन । हाजिरी जवाफ नृत्य प्रतियोगिता र चित्रकलामा साहित्य सिर्जनाको कार्यक्रम पनि राखिएको थियो सम्मेलनमा । साहित्यकार अभि सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन पुगेकालाई पोखरेली युवा सांस्कृतिक परिवारले स्वागत गरेका थिए ।











जूनकीरीमा प्रकाशित

Sunday, February 14, 2010

छेतेनको चित्रमा भविश्य





ुवातावरण कस्तो बनाउने हामी नै त हौु उनले भने ुसहरमा फोहर बढ्दै गएको छ सरसफाइमा अहिले देखि नै लाग्नुपर्छ ।ु बेलैमा यसो नगरॆ प्रकृतिक सुन्दरता हराउन बेर नलाग्ने उनले भनिन । ुसहरी भविश्यको लागि हामीले के गर्न सकिन्छु शीर्षकमा युएन हयाविटयन्टले अयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम भएकी थिइन ड्याफोडिल बोर्डिङ स्कुल-६ कपनकी छेतेन लामा ११ । वल्ड ह्यविट्याट डे २००९ मा संकलन गरिएका चित्रहरुको नतिजा अघिल्लो मंगलबार निकालिएको थियो ।



ुचित्रकलामा उनी लगनशील छिन्ु शिक्षक रोशन प्रधानले भने ुयसैको फल उनले पाएकी छिन ।ु शान्त मुद्रमा रहेमा मात्र चित्र कोर्न सकिने उनको भनाई छ । जापान चीन रुस स्वीजरल्याण्ड फिलिपिन्स लगाएतका ७ सय ५८ विद्यार्थीका चित्र समावेश गरिएको थियो । उक्त प्रतियोगितामा नेपालबाट ५० चित्र समावेश गरिएका थिए ।



ुसबै काम दुई हातले गर्ने हो जोगाउने कि बिगार्ने ।ु आफ्नो चित्र देखाउदै उनले भनिन् ुवातावरण जोगाउनका लागि सोलर कार साइकल जस्ता सवारी प्रयोग गर्नुपर्छ । सडक दयाबयाँ विरुवा रोप्ने कलकरखानालाई बस्तीबाट टाढा पर्ने गरी व्यवस्थित रुपमा स्थापना गर्ने ढल तथा फोहरलाई उचित व्यवस्थापन गर्ने ।ु धुवाँधुलोबाट जोगिनका लागि इलेक्ट्रीक साधनको प्रयोगमा जोड दिन सकिन्छ ।



ुसुरुमा त मलाई पत्यार लागेको थिएनु उनले हाँस्दै भनिन ुसर्टिफिकेट हातमा आए पछि दंग भए ।ु त्यो क्षण सबैभन्दा खुसी लागेको उनले बताईन । घरमा आमाबाबाले पनि स्याबास दिएकाले उनी चित्रकलामा अझै हौसिएकी छिन । शिक्षकशिक्षकाले मात्र होइन साथीले पनि उनलाई प्रोत्सहान दिन थालेका छन रे ।



सानै देखि चित्र कोर्ने रुचि लागेको बताउने उनी विभिन्न प्रतियोगितामा भाग लिइसकेका छन । सानैमा आफ्नो कला देखाएकी उनले स्कुलको इज्जत पनि बढाएको शिक्षक प्रधानले बताए । विद्यार्थीलाई कितावको ज्ञानमा मात्र सीमित नराखी यस प्रकारको सिर्जानात्मक कि्रयकलाप गरेमा उनीहरुको बौद्धिक क्षमता अभिवृद्धि हुन शिक्षकको भनाई छ ।



ुनतिजा राम्रो आएछु खुसी हुदै उनका बाबा छिरिङ लामाह्योल्मोले भन ुउसको कलालाई सबैले मन पराएछन ।ु कर्पेट डिजाइन व्यवसायी बाबालाई आफ्नो कलाले सहयोग गर्ने उनको धोको छ । त्यसो त उनको लक्ष्य भने डाक्टर बन्ने हो । ।ुदेशको सेवा गर्नका लागि डाक्टर बन्ने होु उनले भनिन ुफुस्रदमा चित्र कोर्ने हो ।ु



जोरपाटी काठमाडौंमा घर भएकी छेतेन बास्केटवल खेल्न मन पराउछिन । समय मिलाएर स्विमिङ जान पनि मन पराउछिन उनी । सानैदेखि होस्टलमा बसेकी उनी पढाइमा पनि लगनसील छिन । चित्रमा रुचि राख्ने साथीलाई चित्रको आकृति र प्रकृति बनाएर कोरेमा राम्रो हुने बताइन ।


Friday, February 12, 2010

भेलेन्टाइनलाई







फेव्रवरी १४ सबैको पि्रय दिन विषेशगरी युवाहरुको । यो दिन सबैको माया प्रस्तुत गर्ने समय । अब्यक्त मायालाई देखाउने दिन ढुकढुकीलाई सम्हाल्ने दिन । जे जति भनिएपनि यसको सुरुवात कसरी भयो त यसको सोधखोज पनि जरुरी छ ।



रोमका सैनिक सेन्ट भेलेन्टाइनलाई राजा क्लाउडिसले निर्ममता पुर्वक मृत्युको सजाय दिएका थिए । उनले मायाको पक्षमा न्याय पाउन सबैलाई आग्रह पनि गरेका थिए । त्यसैले यो दिन सबैले मनाउन पाएका हुन । आफ्नो मायालाई सम्झिने दिनमा उनलाई पनि नबिसौ्र है ।




Contact Me

Name

Email *

Message *

Visiters