Friday, October 23, 2009

नारुतो The Naruto : cartoon series




नेत्रबहादुर तामाङ

पहेँलो कपाल माथितिर उठेको । शिरमा फेटा बाँधेको जोशिलो केटो । यति मात्र होइन निलो आँखा हासिला अनुहार सुन्तला रंगको पहिरन चप्पल लगाएको केटो । तिमीहरुले थाह पाइसक्यौ होला यसपाला हामी नारुतोलाई भेट्दैछौ ।

नारुतोले हातमा चक्र लिएका हुन्छन् । यसका लेखक मासासी किसिमोता हुन् । सन् १९९७ बाट ुअकामरु जम्पु पत्रिकामा नरुतोलाई कमिक्सको रुपमा प्रकाशित गरिएको थियो । उनले धेरैको प्रशंसा पाए । त्यसपछि सन् १९९९ मा शोनेन जम्प नामक पत्रिकामा यो कार्टुन प्रकाशित हुन थाल्यो । यो श्रृङखला अहिले पनि जारी छ ।

टिभी टोकियो एनिम्याक्स र कार्टुन नेटवार्क मार्फत सानो पर्दामा अक्टोबर ३ २००२ बाट यसको प्रसारण सुरु भएको हो । यसका निर्देशक हायतो दाते हुन् ।

हामीले अंग्रेजी भाषामा हेर्दै आएको यो कार्टुन जापानीज कमीक्स श्रृखला हो । कार्टुनका नायक नरुतो उजुमाकीको नामबाट नै यसको नामांकरण गरिएको हो ।

उनको बाल्यकाल दुःख थियो । किनभने बाह्र बर्ष पहिले गाउँमा फ्याउरोको अक्रमणबाट उनको बाबाको मृत्यु भएको थियो । त्यो गाँउ निन्जा सेनाको सुरक्षामा थियो । आक्रमणमा परी धेरै सेना र उनका बाबाको पनि मृत्यु भयो ।

टिम सेभेन

ठूलो भएपछि उनी ुटिम सेभेनु मा संलग्न हुन्छन । जसका सदस्यमा ससुके उचिहा र सकुरा हरुना थिए । सकुरालाई यस कार्टुनमा नायिकाको भुमिका दिएको छ । ुटिम सेभेनु समुहले गाँउलेहरुलाई विपतको बेला सघाउँथ्यो ।
गाँउलेले चाहेको समयमा विभिन्न मिसनहरु पुरा गथ्र्यो । मिसनका क्रममा नरुतोले धेरै साथी बनाए । निन्जा सेनाले पनि उनीहरुलाई मन पराउन थाल्यो । उनी निन्जा सेना प्रमुख अर्थात हकेज बन्न चाहन्थे । तर यो सजिलो थिएन ।


नारुतोका दुश्मन पनि थिए । उनलाइ सानैमा मिजुकीले मार्न खोज्छ । तर उनका गुरुले बचाउँछन । उनका गुरुलाई भने मिजुकीले बाँकी राख्दैनन । सानैमा चक्र बनाउन सिकेका थिए उनले । जसको नाम थियो जुत्सु चक्र । मिजुकीबाट बाच्नका लागि बनाएको यस चक्रले उनले शत्रुहरु पनि सजिलै मार्न सक्थे ।
उनको काम र साहसका कारण निन्जामा प्रवेश गराउने विषयमा चर्चा चल्छ । तर यसका लागि त परीक्षा नै पास गर्नुपथ्र्यो । उनका समुहका सदस्यहरु निन्जाको परीक्षामा पनि सहभागी हुने मौका पाउछन । उनीहरु परीक्ष दिन जाने बेलामा ओरोचिमारु नामक अपराधील गाउँका तेस्रा हकेजको हत्या गरिदियो ।

ओरोचिमारु मोस्ट वान्टेड लिस्टमा थिए । उनी पहिला निन्जाका सेनामा थिए । त्यसताका नराम्रो काम गरेकाले उनी निकालिएका थिए । यसैको बदला उसले लिएको अनुमान सबैले गर्छन । कथा यसरी नै अगाडी बढ्छ ।

नरुतोको यात्रा आज संसार भर विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेको छ । यसका भिडियो गेम पनि बनिसकेको छ । यसलाई सोनी माइक्रोसफ्ट् र निन्टेन्डोले बहिर ल्याइसकेको छ ।
रमाइलो कुरो नारुतोको चक्रलाइ आजभोलि पनि जापानीजहरु विश्वास गर्छन । फरक पात्र तयार गर्नका लागि उनले अरु कमिक्स पनि बनाएका थिए । तर उनले त्यसलाई निरन्तरता दिएन ।
अहिलेसम्म यसका छ वटा फिल्म बाहिर आइसकेको छ उनको । पहिलो ुनिन्जा क्लास इन द ल्याण्ड अफ स्नोु अगस्ट २१ २००४ । दोस्रो ुलेजेण्ड अफ द स्टोन अफ गेलेलु अगस्ट ६२००५ । तेस्रो ुगर्जियनस अफ द कि्रसेन्ट मुन किङडमु अगस्ट ५ २००६ । चौथो ुनरुतो सिपुदेन द मुभिु अगस्ट ४ २००७ । पाचौ ुनरुतो सिपुदेन २ बोन्डसु अगस्ट २ २००८ । भर्खरै आएको ुनरुतो सिपोदेन ३ इनहेरिटरस् अफ दि विल अफ फायर अगस्ट १ २००९। यसको फिल्मले राम्रै बजार पाएको थियो ।
कार्टुनमा स्वर दिएका छन तोसियो मसुदाले । २२ भाग भएको यो अपि्रल ३ २००३ मा आएको थियो । ुनरुतो ओरिजिनल साउन्ड टयाक्सु दोस्रो मार्च १८ २००४ मा भाग तीन अपि्रल । त्यस्तै गरी चार वटा भिडियो एनिमेसन पनि बजारमा आइसकेको छ ।
व्यापार
जापान र अमेरिकामा यसले राम्रो व्यापार गरेको छ । यसको भाग ३६ महंगोको रुपमा निकालिएको थियो । ७१ लाख प्रति विकि्र पनि भएको थियो । यसको भाग ४३ पनि एक वर्ष भित्रमा ११ लाख प्रति बिकि्र भयो । भाग ४१ ४२ र ४३ भने ४२ लाखको हाराहारीमा बिकि्रभए । यसको लोकपि्रयता बढ्दै गएपछि बिभिन्न आवार्ड पनि पाएको थियो ।

Sunday, October 11, 2009

लिटिल लेडी टयालेन्ट सो - २००९ कसले जित्ला ?





-नेत्र तामाङ

जेम्स स्कुल कक्षा ५ धापाखेल ललितपुरमा पढ्ने जस्मिन आचार्यलाई स्कुल छुट्टी हुनेबित्तिकै जमलस्थित राष्ट्रिय नाचघर पुग्नुपर्छ । किन त ुधेरै कुरा सिक्नुपर् यो निु उनले भनिन् ुलिटिल लेडी ट्यालेन्ट सो हुँदैछ त्यसैको तयारीका लागि हो ।ु फुस्रदको बेला गीत गाउन मन पराउने उनी यस प्रतियोगितामार्फत आफ्नो व्यक्तिŒव निखार्ने सुरमा छिन् ।

उनीसँगै २५ जना प्रतियोगी छन् ुमिस लेडी टयालेन्ट सोु मा । विभिन्न विद्यालयका ९ दखि ११ वर्ष उमेरका छात्रालाई प्रशिक्षणमा सहभागी गराइएको छ । ुलिटिल लेडी टयालेन्ट सो - २००९ु नाम रहेको यस प्रतियोगिताका लागि सोमबारदेखि राष्ट्रिय नाचघर जमल काठमाडौंमा प्रशिक्षण सुरु भएको छ । कलाकार वीरेन्द्र हमाल सहभागीलाई अभिनय र शारीरिक अभ्यासमा सघाउँदै थिए । उता भुवन अछामी नृत्य सिकाउँदै थिए ।

बेलुकी ४ देखि २ घण्टको समय प्रशिक्षणका लागि छुट्याइएको छ । काठमाडौं जेसिआई नेपालको आयोजनामा भइरहेको सो प्रशिक्षण दस दिन चल्नेछ । प्रशिक्षणमा आउन पनि उनीहरुले ५८ जनामा प्रतिस्पर्धा गरेका थिए ।

इटहरी सुनसरीबाट आएका अकृति दाहाललाई यस कार्यक्रममा सहभागी हुन पाएकामा रमाइलो लागेको छ । ुकाठमाडौंमा धेरै साथी बनाउन पाएको यो पहिलो पल्ट होु उनले थपिन् ुयहाँ आएर मैले नडराई बोल्न सक्ने भएकी छु ।ु लिटिल लेडी बन्न पाए पनि नपाएपनि यो कार्यक्रमबाट आफूले धेरै सिक्ने उनले बताइन् ।

पिस जोन हायर सेकेन्डरी स्कुल इटहरीको कक्षा ६ मा पढ्दैछिन् उनी । उनीसँग प्रतिस्पर्धामा काभ्रेबाट अरसु मास्के पनि आइपुगेकी छन् । अरुलाई मद्दत गर्ने लक्ष्य बोकेकी उनी मल्पी इन्टरनेसनल स्कुलको ७ कक्षामा पढ्दैछिन् । भविष्यमा डाक्टर बन्ने लक्ष्य बोकेकी अश्रिय धिताल एडि्रना लामा समिका श्रेष्ठ निलााजना मिश्र पनि धेरै कुरा सिक्ने आसामा यहाँ आएका छन् ।

सम्वाददाताले तस्बिर खिच्दै गर्दा उनीहरु रमाइलो मानिरहेका थिए । ुमेरो पनि राम्रोसँग है अंकलु जेम्सको कक्षा ५ मा पढ्दै गरेकी ओजस्वी पियाले भनिन् ुलिटिल लेडी बन्ने गरी खिच्दिनुस् ।ु टाइम्स मावि कुलेश्वरमा पढ्ने दिक्षीका श्रेष्ठ भने आफूमा के प्रतिभा रहेछ भनी जान्न उत्सुक रहेको बताइन् । यता अन्तरीक्षयात्री बन्ने सपना बोकेकी मेरिना खिम्बाजुलाई भने जित्नु नै सहभागी हुनुको लक्ष्य हो भन्ने लाग्छ । उनी भक्तपुरको जेसिस स्कुल कक्षा ६ की छात्रा हुन् ।

उपाधि जितेमा के गर्ने नि ुसाथीहरु सबैलाई बोलाई रमाइलो गर्छुु जेम्स कक्षा ६ मा पढ्दै गरेकी निर्देशा राईले भनिन् ।
ुहामी त नजिते पनि खुसी नै हुन्छौंु पछाडिबाट राईकी साथी रेनिशा रौनियार बोलिन् । वक्तृŒवकला मनपर्ने सेफाली गौतमलाई यो कार्यक्रमले थप सहायता मिल्ने बताउँछिन् ।

फोटोग्राफर राजभाइ सुवाल पनि तस्बिर लिन व्यस्त देखिन्थे । प्रशिक्षणमा व्यस्त थिए कोरियोग्राफर वीरेन्द्र हमाल । मलिन संगीतमा कसरी बोल्ने कसरी अगडि बढ्ने भनेर सिकाउँदै थिए उनी । कार्यक्रम नेतृŒव तथा व्यक्तिŒव विकास आत्मविश्वास तथा क्षमता प्रदर्शन गराउन भएको काठमाडौं जेसिआईकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक समा बस्नेतले बताइन् । बालिकामा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने र उनीहरुमा थप अत्मविश्वास बढाउन कार्यक्रमले सघाउने उनको भनाइ छ ।
सबै बहिनीहरुलाई प्रशिक्षणमा भ्याइनभ्याइ छ । कोही आमाबाबाका साथमा आएका छन् भने कोही आफन्तसँग । सबैको एउटै लक्ष्य छ ुलिटिल लेडीु बन्ने । त्यसैले आउँदो बिहीबारसम्म आफ्नो भाग्य पर्खिरहेका छन् सबै । काठमाडौं जेसिआईले यस्ता कार्यक्रम सन् १९८८ देखि गर्दै आएको छ । यसको फाइनल राष्ट्रिय नाचघर जमलमै हुनेछ ।


-नागरिकको जुनकीरीमा २०६६ असोज २४ मा प्रकाशित

Sunday, October 4, 2009

New Bentley Continental GT Car


रेडियोमा मन्दिप Mandip Guragain




नेत्रबहादुर तामाङ

स्कुलबाट छुट्टिने बितिकै उनलाइ भ्याइनभ्याइ हुन्छ । हरेका सोमबार र बिहिबार स्कुल सकिन साथ हतार हुन्छ उनलाइ । सीधै सिहंदरबारतिर लाग्छन । परिचयपत्रमा एकातिर स्कुलको कार्ड छ अर्को तिर सिहंदरबारको ।

उनी सेन्ट जेभियर कक्षा ६ जवलाखेलमा पढ्दैछन । मन्दिप गुरागाँई ११ लाई भ्याइनभ्याइ भएको बेलामा सोधियो भने उत्तर आउछ ुरेडियो नेपालमा जानुपर्छ एकछिन पछि समाचार भन्नुपर्छ हामीलेु उनले प्रष्ट पारे ुरेडियो नेपालबाट ५ बजे बाल समाचार प्रसरण हुन्छ हो त्यही जाने हो ।ु

ुसुचना बिना मानिस मानिसको दिनचर्या पुरा हुदैनु उनले भने ुहामीले सुचनामुलक समाचार र बालबालिका सम्बन्धी समाचार प्रसरण गर्नुपर्छ ।ु रेडियोमा बोले यता उनले धेरै साथीहरु बनाए रे । अझ मथिल्लो कक्षाका दाइदिदीले पनि उनलाई रेडियोको कार्यक्रम सम्बन्धी सोध्दा मन रमाइलो हुन्छ रे । ुयहाँ १३ जना छन बाल समाचार भन्नेु रेडियो नेपालकी विनिता चौधरीले भनिन्
ुउसको प्रस्तुति राम्रो छ भोलिका दिनमा उसको खुबीले राम्रै काम पाउनेछ ।ु

उनी रेडियोमा बोल्न थालेयता उनका बाबा महेन्द्रप्रसाद पनि मख्ख परेका छन । ुछोरालाई आफ्नै इच्छा अनुसारको काम गर्न दिने होु उनले थपे ुरेडियोमा पनि उनको चासो छ ।ु काका चिराजीवी भने मन्दिपले आफ्नो सपना साकार पारेकोमा खुसी लाग्छ रे ।

उनको बोल्ने कला मात्र होइन संगीतमा पनि उतिकै रुचि राख्छन । केही महिना अगडि उनले स्कुलमै पियनो कन्सर्ट गर्न भ्याए । उनको यो कलाले सबैलाइ उत्साही बनाए । सरमिस पनि त उनल्ााइ मन पराउन थालेका रहेछन । उनी पढाइलाइ पनि समय दिन्छन । यसको अलावा चित्रकलामा पनि रुचि रहेछ ।

बाबाआमा संगै सिनामंगलमा बस्दै आएका मन्दिपलाइ डाक्टर बन्न मन छ रे । रेडियोमा बोल्न चाहने साथीलाई के भन्न चाहान्छौ तुएकचोटि सिहंदरबार घुमौ साथी होु उनले सम्झिदै बने ुस्वर परीक्षण गरौ नेपाली भाषा राम्रो बनाउ कम्पीटिसन हुन्छ राम्रो गरौ बोल्न सकिहालिन्छ नि ।ु




दशैको भारी children working their dhasain vacation









नेत्रबहादुर तामाङ

ुपानी बोक्ने काम हाम्रो हो दाइु कानपुर मावि ८ मा पढ्ने भगवान तामाङले थाप्लोको नाम्लो खुकुलो पार्दै भने ुदशै आयो त्यसैले अहिले त रमाइलो छ पानी ओसार्न पनि ।ु काभ्रेपलााचोक कानपुर ३ भत्तेरेका भगवान यसरी नै दिनहुँ पानी ओसा्रछन । यो बेला उनले पधेँरामा धेरै साथी पनि भेट्छन । त्यसैले त यो बेला रमाईलो लाग्छ रे उनलाई ।

उनी मात्र होइन यहाँका भाइबहिनीको काम नै यही रहेछ । पानी ओसार्ने आमाबाबालाई सक्दो सहयोग गर्ने ।स्कुल बन्द होस या खुला । ुठुलाको काम त अरु धेरै हुन्छु सिमपानीका ज्ञानबहादुर तामाङले भने ुसानाले यही काममा सघाउछन ।ु उनी आफ्ना छोराका लागि पानी ल्याउन सजिलो होस भनेर डोको किन्न आएका रहेछन । यहाँका बासिन्दा पानी लिन टाढा जानुपर्ने भएकोले बोक्नका लागि डोको नाम्लोको प्रयोग गर्छन । यही बेला मकै बटुल्ने बारी खन्ने काम पनि हुन्छ । जसका लागि बालबालिका बाहेक सबै लागिपर्छन ।

ुपानी ल्याउनका लागि त सजिलो छैनु डोको बिसाउदै भगवानले भने ुदुई घण्टा लाग्छ हो जम्म ।ु उसो त पानी पुर्यापछि परिवारमा खानपिनको बन्दोबस्त लगाउने काम उनकै रहेछ । यस भेगका बालबालिकाले बिकासे धारा देखेका छैनन सुनेका मात्र छन रे । हुन त खानेपानीका लागि भनेर थुप्रै बजेट पनि आएको स्थानीयले सुनेका छन । कतिबेला आउने हो गाँउलेलाई थाहा छैन । ुसधै यस्तै होु यसपाला पानी पनि कम परेकोले दुःख भएको हो कि भन्ने प्रश्नको जवाफमा उनले भने ुस्कुल भए पनि नभए पनि हाम्रो उमेरका साथीहरु पानी ल्याउने काम नै गर्छन ।ु

यो समस्यालाई उनीहरु सामान्य नै ठान्छन यतिबेला किन त
ुदशै आयो सबैतिर रमाइलाु सात बर्षीय लामिन लामाले भनिन् ु नाटक पनि देखाउने रे गीत पनि गाँउछन नाच्ने हो ।ु स्कुलमा दशैतिहारको लागि एकै पटकको छुटटी दिएको छ । सधै पढाइ पढाइ भन्ने शब्दले वक्क भएका बालबालिकाको लागि यो उत्सव नै हो धित मर्ने गरी रमाइलो गर्ने । चङगा उडाउन मन लाग्छ कि लाग्दैन ुअह मलाई त उडाउन आउदैनु उनले भनिन । दिनभर साथी भाइ संग खेलिन्छ र पानी पनि ओसरिन्छ उनीहरुले भने ।

ुतामाङ सस्कृतिमा दशैलाई खासै महत्व नदिए पनि धुमधामका साथ मनाइन्छु लामिनका बाबा घनध्वजले भने ुभनिन्छ यो बेला बालबालिको रमाईलोको लागि पनि बाध्य भएर चल्नुपर्छ ।ु पानी लिन आएका साथीहरु एकले अर्कालाई हेर्दै हासेँ । ुदशैमा नयाँ लुगा लगाउने मामाघर जाने होु कक्षा ४मा पढ्ने वाङतेन थिङले भने ुटिका लगाइ जमरा राखेपछि पिङ खेल्ने हो धेरै रमाईलो हुन्छ त ।ु उनी झै भगवान लाइ पनि यो पर्व रमाइलो लाग्छ रे । ुयो बेला घुम्ने टाढाका आफन्तसंग भेटघाट गर्ने अति मज्जा पो हुन्छ त ।ु



कुरा उनको गाविसको मात्र होइन एक डाँडा पारी रहेका सिपाली गाविसको पनि उस्तै छ ।ुसरकारले बनाइदिएको धारामा पानी नआएको दुइ बर्ष भइसक्योु हर्कमान तामाङले भने ुपानीको मुलमा पुग्न दुइ दिन लाग्छ ।ु अधिकांश बस्ती तामाङ रहेको यी गाँउमा खानेपानीको समस्याले पिरोलि नै रहेको छ । ुठुलाको त अर्कै काम हुन्छु उनले भने ुदिनभर जसो पानी बोक्ने काम हाम्रो नै हो ।ु चाडवाडको रौस सबैलाई लागेको छ । उनी दशैका लागि उकाली ओराली गरिरहदा रमाइरहका थिए । सहरमा भएका पनि गाँउतिर फर्किरहेका छन । यस्तो भेटघाटमा सबैलाई दशैको उत्साह थपेको छ ।

दशै गाँउघर सम्म आइपुग्दा धेरै सरसामन जुटाउन सहर पनि धाउछन । कटुन्जेमा सरर बगिरहेको रोशी माथि एउटा झोलुंगे पुल । पुल तरेपछि चिउरा बोकेर उकालो चढिरहेका भेटिन्छन कति बालबालिकाहरु । यसरी उकालो लाग्दै गर्दा सिपालीका नानु मोक्तन १४ भेटिए । उनी संगै आफन्त पनि चीजबीज किन्न आइपगेका थिए । ुदशैमा खानु परेनु चिउरा किन भन्ने प्रश्नको जवाफमा उनले भनिन् ुआज एक दिन हो दुःख अनि भोलि देखि त साचो हुन्छ हो ।ु दुइ घण्टाको ठाडै उकालो यता उति भीर पनि कति डर नमानी उनीहरु उकालो चढिरहेका थिए ।


He has mental problems


बह्रा वर्षे पूर्ण तामाङ मानसिक रुपमा स्वस्थ छैनन् । शारीरिक रुपमा भने उनी स्वस्थ देखिन्छन् । उनी समयमा खाना खान्छन् । समयमै सुत्छन् ।

उनका बाबाका अनुसार ५ बर्ष सम्म उनी मानसिक रुपमा पनि ठीक थिए । काम सघाउन खेतबारीसम्म पनिसँगै जान्थे । साथी भाइसँगै खेल्थे । बाटोमा स्कुले केटाकेटी देखेपछि म पनि जान्छु भनेर उत्साहित हुन्थे ।

अहिले भने उनको अवस्था फरक छ । उनी घरको अगेँना नेर खेल्छन मात्र । खरानीसँग खेल्दैमा उनको दिन बित्छ । उनका उमेरका साथीभाई उनको नजिक पर्दैनन । केवल एक्लै खेलिरहन्छन । कसैसँग बोल्दैनन् पनि । भोक लागेपछि ुभात खानेु भन्दै कराउँछन् । छोराको यस्तो हाल देखेर बाबा सिरपाते दुखी छन् ।

ुबिगार गर्छ की भनेर अरुले अगि पर्न दिँदैनन्ु उनकी आमा फूलमाया भन्छिन् ुत्यसैले घर छाडेर कतै हिड्दैन् यो ।ु

सुरुका दिनमा उनीहरुले झारफुक पनि गरे । धामी झाँकि्रकहाँ पनि पुर् याए । तर त्यसले पुर्णमा कुनै सकारात्मक परिवर्तन ल्याएन । अस्पताल लगे ठिक हुन्छ भनेर पनि केहीले सुनाए । घरको कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले अस्पताल पुर् याउन सकेका छैनन् ।

५ वर्षमा पुर्णमा मानसिक समस्या आएपछि उनले जे मन लाग्यो त्यही काम गर्थे । गाउँका कुखुरा फुत्काइदिने लखेट्ने जहाँ पायो त्यही दिसा गर्ने जस्ता काम गर्थे रे । उनको यो चालाले धेरै मान्छेले उनलाई पिट्ने र आफ्नो घर आउँदा हपार्ने गर्न थालेको फूलमाया बताउँछिन् । ुउसलाई त दुःख छँदैछ हामीलाई पनि दुःख भएको छ उसको अवस्थालेु पुर्णकी ठूलीआमा माइली तामाङ भन्छिन्ुकोही सहयोग गर्ने पाए उसको राम्रो उपचार हुन सक्थ्यो ।ु
पुर्णका बाबा खेतिपाती काम गर्छन । आमा पनि घरायसी काममै दिन बिताउँछिन् । अपांग संरक्षणका लागि सरकारले भत्ताको व्यबस्था गरेको छ । पुर्ण अपांगको वर्गिकरणमा ुगु वर्गमा परेका छन् । यसको अर्थ के हो भत्ता कसरी पाइन्छ न सिरपातेलाई थाहा छ न उनका आफन्तलाई नै ।

ुसबै कुरा थाहा पाउने भए अहिले सम्म उ ठिक हुन्थ्यो होलाु सिरपाते भन्छन् ुकसैले उपचारको बाटो देखाइदिए हामी खुसी हुन्थ्यौं । ु

Contact Me

Name

Email *

Message *

Visiters