Sunday, October 11, 2009

लिटिल लेडी टयालेन्ट सो - २००९ कसले जित्ला ?





-नेत्र तामाङ

जेम्स स्कुल कक्षा ५ धापाखेल ललितपुरमा पढ्ने जस्मिन आचार्यलाई स्कुल छुट्टी हुनेबित्तिकै जमलस्थित राष्ट्रिय नाचघर पुग्नुपर्छ । किन त ुधेरै कुरा सिक्नुपर् यो निु उनले भनिन् ुलिटिल लेडी ट्यालेन्ट सो हुँदैछ त्यसैको तयारीका लागि हो ।ु फुस्रदको बेला गीत गाउन मन पराउने उनी यस प्रतियोगितामार्फत आफ्नो व्यक्तिŒव निखार्ने सुरमा छिन् ।

उनीसँगै २५ जना प्रतियोगी छन् ुमिस लेडी टयालेन्ट सोु मा । विभिन्न विद्यालयका ९ दखि ११ वर्ष उमेरका छात्रालाई प्रशिक्षणमा सहभागी गराइएको छ । ुलिटिल लेडी टयालेन्ट सो - २००९ु नाम रहेको यस प्रतियोगिताका लागि सोमबारदेखि राष्ट्रिय नाचघर जमल काठमाडौंमा प्रशिक्षण सुरु भएको छ । कलाकार वीरेन्द्र हमाल सहभागीलाई अभिनय र शारीरिक अभ्यासमा सघाउँदै थिए । उता भुवन अछामी नृत्य सिकाउँदै थिए ।

बेलुकी ४ देखि २ घण्टको समय प्रशिक्षणका लागि छुट्याइएको छ । काठमाडौं जेसिआई नेपालको आयोजनामा भइरहेको सो प्रशिक्षण दस दिन चल्नेछ । प्रशिक्षणमा आउन पनि उनीहरुले ५८ जनामा प्रतिस्पर्धा गरेका थिए ।

इटहरी सुनसरीबाट आएका अकृति दाहाललाई यस कार्यक्रममा सहभागी हुन पाएकामा रमाइलो लागेको छ । ुकाठमाडौंमा धेरै साथी बनाउन पाएको यो पहिलो पल्ट होु उनले थपिन् ुयहाँ आएर मैले नडराई बोल्न सक्ने भएकी छु ।ु लिटिल लेडी बन्न पाए पनि नपाएपनि यो कार्यक्रमबाट आफूले धेरै सिक्ने उनले बताइन् ।

पिस जोन हायर सेकेन्डरी स्कुल इटहरीको कक्षा ६ मा पढ्दैछिन् उनी । उनीसँग प्रतिस्पर्धामा काभ्रेबाट अरसु मास्के पनि आइपुगेकी छन् । अरुलाई मद्दत गर्ने लक्ष्य बोकेकी उनी मल्पी इन्टरनेसनल स्कुलको ७ कक्षामा पढ्दैछिन् । भविष्यमा डाक्टर बन्ने लक्ष्य बोकेकी अश्रिय धिताल एडि्रना लामा समिका श्रेष्ठ निलााजना मिश्र पनि धेरै कुरा सिक्ने आसामा यहाँ आएका छन् ।

सम्वाददाताले तस्बिर खिच्दै गर्दा उनीहरु रमाइलो मानिरहेका थिए । ुमेरो पनि राम्रोसँग है अंकलु जेम्सको कक्षा ५ मा पढ्दै गरेकी ओजस्वी पियाले भनिन् ुलिटिल लेडी बन्ने गरी खिच्दिनुस् ।ु टाइम्स मावि कुलेश्वरमा पढ्ने दिक्षीका श्रेष्ठ भने आफूमा के प्रतिभा रहेछ भनी जान्न उत्सुक रहेको बताइन् । यता अन्तरीक्षयात्री बन्ने सपना बोकेकी मेरिना खिम्बाजुलाई भने जित्नु नै सहभागी हुनुको लक्ष्य हो भन्ने लाग्छ । उनी भक्तपुरको जेसिस स्कुल कक्षा ६ की छात्रा हुन् ।

उपाधि जितेमा के गर्ने नि ुसाथीहरु सबैलाई बोलाई रमाइलो गर्छुु जेम्स कक्षा ६ मा पढ्दै गरेकी निर्देशा राईले भनिन् ।
ुहामी त नजिते पनि खुसी नै हुन्छौंु पछाडिबाट राईकी साथी रेनिशा रौनियार बोलिन् । वक्तृŒवकला मनपर्ने सेफाली गौतमलाई यो कार्यक्रमले थप सहायता मिल्ने बताउँछिन् ।

फोटोग्राफर राजभाइ सुवाल पनि तस्बिर लिन व्यस्त देखिन्थे । प्रशिक्षणमा व्यस्त थिए कोरियोग्राफर वीरेन्द्र हमाल । मलिन संगीतमा कसरी बोल्ने कसरी अगडि बढ्ने भनेर सिकाउँदै थिए उनी । कार्यक्रम नेतृŒव तथा व्यक्तिŒव विकास आत्मविश्वास तथा क्षमता प्रदर्शन गराउन भएको काठमाडौं जेसिआईकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक समा बस्नेतले बताइन् । बालिकामा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने र उनीहरुमा थप अत्मविश्वास बढाउन कार्यक्रमले सघाउने उनको भनाइ छ ।
सबै बहिनीहरुलाई प्रशिक्षणमा भ्याइनभ्याइ छ । कोही आमाबाबाका साथमा आएका छन् भने कोही आफन्तसँग । सबैको एउटै लक्ष्य छ ुलिटिल लेडीु बन्ने । त्यसैले आउँदो बिहीबारसम्म आफ्नो भाग्य पर्खिरहेका छन् सबै । काठमाडौं जेसिआईले यस्ता कार्यक्रम सन् १९८८ देखि गर्दै आएको छ । यसको फाइनल राष्ट्रिय नाचघर जमलमै हुनेछ ।


-नागरिकको जुनकीरीमा २०६६ असोज २४ मा प्रकाशित

No comments:

Contact Me

Name

Email *

Message *

Visiters