Friday, July 3, 2009

जस्ताको तस्तै===बलत्कार गरेको आरोपमा एक नेपाली इन्जिनियरविरुद्ध मुद्धा

क्यार्लिफोनिर्या- मानिसले धर्म पुत्रिको रुपमा छोराछोरी बनाएका हुन्छन् तर तिनै धर्म पुत्रिलाई बलात्कार गरेको भन्दा तपाइलाई विश्वास नलाग्न पनि सक्छ , तर यस्तै घटना घटेको छ। लामो समयदेखि अमेरिकाको कार्लिर्फोनियामा बस्ने एक नेपाली इन्जिनियरल ले आफुले पालेकी धर्म पुत्रीलाई बलत्कार गरेको भन्दै यहाको एक अदालतमा मुद्धा चलिरहेको छ। ।जिल्ला मुखतियार जेफी रइसिगले पूर्व बिर्टिस आर्मी समेत रहेका ४२ बषिर्य अजय कुमार देवलाई कर्तव्य ,करणी र बलत्कारको आरो लगाईएको छ। उक्त घटना जनवरी १९९९ देखि सन् २००४ भित्र भएको थियो।
देवले डेविस क्षेत्रमा १३ वर्षहुँदा देखि आफ्नो बाबु आमासँग बसाँइ सरेका थिए। उनि चिको प्रान्तको स्नातक पास र क्यालिफोर्नियाको जलस्रोत संघमा इन्जिनियरका रुपमा काम गदै आइरहेका थिए। उनि डेबिस नेपाली समाजमा पनि आबद्ध रहेका थिए। सन् १९९९मा पिडित बालिकालाई देव र उनकी श्रीमतीले घर ल्याए तब पिडितलाई उनिहरुले आधिकारीक रुपमा धर्म पुत्रीको रुपमा स्वीकार गरेका थिए पिडितको बयान अनुसार घरआएको पहिलो हप्ता देखिनै देवले उनलाई अनुचित पाराले छुन थाले र त्यसको केहि हप्ताबाट नै उनलाई यौन शोषण र बलत्कार गर्न थाले । देवले त्यसपछि पिडित बालिकालाई हरेक हत्ता उनले यौन शोषण गर्न थाले कतिसम्म भने पिडित (sacramenno city collage) मा पढ्दासम्म पिडितसँग देवको यौन शोषण चल्दै गयो।
देवको यौन शोषण सहन नसकी पिडित २००४मा उनको घर छोडेर हिडिन तर पनि देवले उनलाई क्रमंस यौन शोषण गरिनै रहे र त्यसको लागि उनले पिडितलाई पैसाको लोभ देखाउन थाले। त्यति मात्र होइन देवले आफुलाई त्यसो गर्न नदिए गोलि हानेर आत्म हत्या गर्ने धम्कि दिन थाले जसले गर्दा पिडितले कानुनको ढोका ढकढक्याउन बाध्य भइन्। अनुसन्धानकर्ता मार्क हर्वन डेविस प्रहरी प्रशासनलाई उक्त घटनाको जिम्वेदारी दिइयो । त्यसपछि पिडितसँगको अर्न्तर्रवाका क्रममा तयार पारिएको रिपोर्ट अनुसार देवको यौन शोषणका कारणनै पिडितले तीन पटकसम्म गर्भ पतनसमेत गराएको देखिन्छ। यस्तै अनुसन्धानकताले देवको घरमा पठाएको खोज पूर्जी अनुसार पनि देवले घरको कम्प्युटरमा राखेको बाल यौनको अश्लिल लेख तथा दृश्य भेटिएको थियो जसले गर्दा उ विरुद्धको मुद्धालाई थप बल पुगेको देखिन्छ। पिडितको बयान अनुसार पनि यो थप कुराको प्रष्ट हुन्छ।
तर देवको विरुद्धमा प्रमाण रहादा रहदै पनि दुई वर्षसम्म पनि मुद्धा दायर हुन सकेन यसै बीचमा पिडित आफ्नी बहिनीको बिबाहका लागि नेपाल आउदै थिईन तर यरर्पोटमा पार्सर्पोटको जन्ममिति गलत भएको भन्दै जेल परिन् त्यस समयमा उनका आफ्न्त वकिल र अमेरिकी दुतावासको सहयोगमा अर्को नयाँ पासर्पोट बनाएर अमेरिका गईन त्यस अवधिमा देव पनि नेपाल आएर उनलाई मुर्द्धा दर्ता नगर्न आग्रहगरेका थिए । पछिल्ला समयमा देव विरुद्धका धेरै मुद्धाहरुमा अदालतले सफाई दिएको छ। देव विरुद्ध परेका ७६मुद्धाहरु मध्ये धेरै २३ ,जवरजस्ती बलत्कार , २३जवरजस्ती यौन शोषण , लगायतका रहेका छन् यी मध्ये अधिकाशंमा देव धरौटीमा रिहा भएका छन्, भने बलत्कारको मुद्धा अगष्ट ७ ,२००९ मा सुनुवाई हुने कार्यक्रम रहेको छ।
उही तपाईको देशभक्त नेपाली ‍‍‍‍‍‍इमेल गर्नुस: nepalpatrakar@gmail.com

No comments:

Contact Me

Name

Email *

Message *

Visiters