Sunday, July 19, 2009

लौ आयो आजको ताजाखबर(Listen Today's hot news)


लौ पढ्नुस आजको ताजाखबरु भन्दै भर्खरैका खाइलाग्दा बालक कराउदै रात्नपार्क भित्र पसे। रात्नपार्कको नजिकै सन्ध्यकालीन पत्रिकाहरुको डिलर छ । त्यहीबाट सरासर आएका थिए उनी । उसको हातमा करिब दुइ दर्जन जति पत्रिकाहरु थिए ।

उनी दुइ चोटी फनफनी घुमेपछि रात्नपर्कको चौतारीमा थचक्क बसे । ुम त अब ठमेलतिर जान्छु यता बिकि्र नै भएन साउ नै उठेको छैन ।ु पत्रिका मिलाउदै उ जुरुक्क उठे । ुतपाइले मलाइ नराम्रो नसोच्नुहोला म त पढ्न पो दुःख गर्दै छु हो यिनले झर्न लागेको सिङगान तान्दै यसै भने ुकारखानाछापाखाना नजिकै कोठा छ सजिलो लाग्छ मलाइ त ।ु

उनी थिए सीताराम चौलागाइ । दोलखा मैनापोखरीका । चौलागाइ पत्रिका बोकेर पढाइलाइ पनि संगै दौडइरहेका छन । उनी बागबजार स्थित सहिद शुक्र मावि कक्षा ४ मा पढ्दैरहेछन । ुछुटटीको बेला म पत्रिका बेच्छु उनले भने ुआमा सिसाको व्यापार गर्छन बाबा बिदेशमा।ु आमासंगै बागबजारमा बस्दै आएका उनलाइ उमेर भने थाहा नभएको बताए । बाबा पनि नफर्केको ४ वर्ष भइसकेछन ।

उनी झै रात्नपर्क वरपर बागबजार ठमेल बालाजु क्षेत्रमा दर्जन बालकहरु यसरी नै पत्रिका बेचेर आफ्नो दैनिकीलाइ सरल बनाइरहेका छन । कमाण्डर खोजतलास महानगर सिटी पोष्ट नया सडक जस्ता सन्ध्याकालीन पत्रिकाहरु बिकि्र गर्छन यी बालकहरु । नेपाल बाल संगठनका अनुसार हाल काठमाडौंकमा मात्र १५० भन्दा बढी बालबालिकाहरु पत्रपत्रिका बेच्ने कार्यमा संलग्न छन । बिदाका दिनमा त सीताराम झै अन्य पनि थपिन आउछन यो काममा । अन्य सहरको हकरहरुको अध्ययन गर्न र्न बाकी छ । ुएक बर्ष अघि हामी हेटौडा जादा त्यहा पनि हकरहरु भेटेका थियौु हकर बाल क्लवका पुर्व सहजकर्ता राम प्रसाद दुवाडीले भने ुबाल संगठनले यसको अध्ययन गरेर अन्य सहरमा पनि क्लव विस्तार गर्ने योजना बनाउनुपर्छ ।ु

किन बन्छन हकर(hawker)

अभिभावकको बसाइसराइ आफ्नो कांधमा जिम्मेवारी आउने दैनिक आधारभुत आवश्यकताहरु पुरा गर्न तथा अन्य विविध कारणले उनीहरु पत्रिका बेच्ने कार्यमा लाग्ने बताउछन बाल मजदुर सरोकारवालाहरु । एउटा पत्रिका बेचेर कसरी जीविका चलाउछन होला त यिनीहरुले । अनि कसले लगाइदिन्छन यस्तो काम
ुमैले करखाना नै देखेको छु अनि त्यहाको दाइलाइ पनि चिन्छु चौलागाइले भने
ुमलाइ त रमाइलो लाग्छ उहाहरु

ु ……।लौ पढ्नुस आजको तातो खबर लौ पढ्नुसु यसरी नै पत्रिका बेच्ने बालबालिका काठमाडौंका सडकहरुका लागि नौला होइन । प्रजातन्त्र स्थापना यता नेपालले पत्रपत्रिकाको क्षेत्रमा उल्लेखनीय विकास गरेको पाइन्छ । यसैमा मिसिएर आए सन्ध्यकालीन पत्रिकाहरु । जसका लागि प्रयोग गरिन थालियो हकर । त्यसमा पनि धेरै जसो बालबालिका पनि मिसिएर आए । प्रजातन्त्रको उदय संगै बाल अधिकारका विभिन्न अभिसन्धीहरुमा पनि नेपाल सरकारले हस्तक्षर गरिसकेको छ तर बालबालिकाको अधिकारको कुरालाइ न कार्यक्रम छ न सहयोग । कसलाइ मन लाग्छ होला काठमाडौंको तातो सडकमा कराएर हिड्न । अनि ती धुलोहरु तान्दै फेर्दै हिड्न । अझ स साना समुहहरुको लुटाइमा पनि पर्छन उनीहरु । ुयस्ता काममा लाग्दै नलागोस भन्ने हाम्रो चाहना होु नेपाल वाल संगठनका उपनिर्देशक बालकृष्ण डंगोलले भने ुतर भएकालाइ त हामीले राम्रो बाटो देखाउनै पर्योत्यसैले हाम्रो कार्यक्रम अगडि बढिरहे पनि यसका भावी कायेक्रम छैनन ।ु

बालश्रम हो कि होइन
ुके हकर पनि बालश्रम भित्र नै पर्छ तु यस बिषयमा तपाइको राय के छ बाल अधिकारबादीहरु यसलाइ बालश्रममै बर्गीकरण गर्छन । ुजबरजस्ती काममा लगाउनु बाल श्रमको कुरा हो र उनीहरुको कमाइ अरुले नै राख्नु वा विना ज्याला राख्नु बालश्रम शोषणको होु हकर क्लवका सहजकर्ता अर्जुन ढुङगेलले थपे ुउनीहरु स्वतन्त्र पुर्वक आफ्नो कार्यमा अघि बढ्छन र परिवार समेत धान्छन ।ु अब के गर्ने । यो पनि बालश्रम नै हो तर यो अन्य बालश्रमको तुलनामा सम्माननीय देखिन्छ ।


आजभोलि पनि काठमाडौंको सडक वाहेक देशका मुख्य सहरहरुमा बाल हकरहरुका हुर्रिएर पत्रिका बेच्दै हिड्ने गरेको पाइन्छ । तपाइकै पसलचोक हुदै पत्रिका फरफराउदै आएको त तपाइले देख्नुभएकैहोला । कतिपयले ए फुच्चे खै यता लेउ त हेरौ भन्छन होला त कतिपयले बाबु एउटा लेउ न त भनेर पैसा फुता दिनुभाएको होला ।

को को हुन हकर
सडकमा पत्रिका बेचेर हिड्नेहरुलाइ मात्र हामी हकर भन्ने गर्दछौ र प्रायः यॊ शब्द यसैमा प्रयोग गरिन्छ । गाउघरमा विभिन्न सरसामान वोकेर व्यापार गरी हिड्नेलाइ पनि हकर नै भनिन्छ । जसलाइ हाम्रो शब्दमा बनिया भन्छौ । त्यसै गरी सडकमा अस्थायी रुपका विभिन्न सरसामान बोकेर कराउदै हिडने ब्यापारी नै वास्तविक हकर हुन ।

हकरहरुको साझा माच

हकरहरुको समस्या समाधान गर्ने उदेश्यले नेपाल बाल संगठनको सकि्रयतामा २०५८ सालमा हकर बाल क्लवको स्थापना भएको छ । १६ बर्ष भन्दा मुनिका पढेदै सडकमा घुमन्ते व्यापार गर्नेहरु यस क्लबको सदस्य बन्न सक्छन । यस क्लवले अतिरिक्त कि्रयाकलाप साचालन गरी घुलमिल हुन सिकाइन्छ । क्लवका सदस्यहरुमध्ये १० उत्कृष्ट बिद्यार्थीलाइ पुर्ण छात्रावृतिमा राजधानीका विभिन्न स्कुलहरुमा पढाइरहेका छन ।( child newspaper seller in nepal )

२०६६ साउन ३ मा नागकि दैनिकको जुनकीरिमा प्रकाशित

No comments:

Contact Me

Name

Email *

Message *

Visiters