Sunday, July 12, 2009


हाम्रो गाउले मन्टेश्वरी

नेत्रबहादुर तामाङ


ठूलो गेट । ढुङगा ओछ्यइको आँगन । घर आँगन घेर्न वरिपरि तारको जाली । त्यसैमा लहरिएका किम्बु खनायो र कल्कीका बोट । सर्लक्कको एकतले घर । यो हो कास्कीको घान्द्रुकमा रहेको नमुना शिशु स्याहारको दृश्य ।

पर्यटकीय गाउँ पुग्नु भयो भने तपाइँ यहाँ पस्न नभुल्नु होला । त्यहाँको सुन्दर गुलावका बगैँचा । नजिकै रमाइरहेका केटाकेटी देख्दा तपाईलाई पनि रमाइलो लाग्न सक्छ । यसको विशेषता नै यहि हो यहाँ जाने जो कोहीलाइ पनि केन्द्रको ब्यबस्थापन र कि्रयाकलापले अकर्षण गर्छ । २०४८ सालमा समुदायकै पहलमा खोलिएको यो केन्द्र अहिले पनि सफलतापूर्वक संचालन भैरहेको छ । ल अब तपाइलाई म यहाँको परिचय गराउने छु ।

ठुलो भए पछि स्कुल जान्छौ

भर्खर स्कुल सुरु हुँदै थियो । नयाँ मान्छे म देख्ने बित्तिकै गेटमा नानीहरु झिुम्मए । कोही क्याप लगाएका त कोही सुरुवालमा सजिएका । कोही रुमाल बोकेका र औला टोकेका । दंग परेको मलाई नजिकैका निरज गुरुङले भने ुम त ठुलो भए पछि ठुलो स्कुलमा जाने ।ु उनी जस्तै प्रदीप सुनार मीना शेर्पा सन्तोषी विक पाचमाया खड्का सन्देश परियारको पनि ठूलै स्कुल पढ्ने रहर रहेछ । तर साना उनीहरु त्यहाँ पास गरेर मात्र ठूलो स्कुल पुग्दैथिए ।

नयाँ मान्छे मलाई उनीहरु नाच पनि देखाउने रे । ल हेरु त । गीत बज्न थाल्यो ुलेकका हामी केटाकेटी पढ्न र लेख्न मुस्किलु । सन्देश उठे र बाख्राको पाठो झै नाच्न थाले ब्रुक ब्रुक ।
यहाँपनि पढ्न लेख्न मुस्किल छ र ुखेली खेली पढ्छन के को गाह्रो हुनु ु १७ बर्ष देखि आय पद साम्हाल्दै आएकी धनमाया गुरुङले बताइन ।

उनी स्कुल जाने उमेर हुँदा भने मुस्किल थियो रे पढ्नलाई । ुत्यसैले त यो बनाएकोु उनले भनिन् ुसबैलाइ आफ्नै नानी जस्तो लाग्छ मलाई त ।ु

रमाइलो कुरा यहाँ नेपाल बन्दले उनीहरुलाई छुँदो रहेनछ । मङसिर पुसमा हिउँ पर्दा पनि खोलिन्छ । असारको झरिमा पनि । ुअसारमा त पाँचै बजे सम्म खुल्ल रहन्छु गुरुङले भनिन् ।

कस्ता छन कक्षा कोठा

एउटै कक्षाकोठा । कक्षाकोठाभरि पठनपाठनका सामग्री यत्रतत्र थिए । निलो टाट माथि ससाना मेचहरु । मेचमाथि लस्करै लागेका केटाकेटी । नाच्नको लागि गीत बजाइने क्यासेट । बहिर ब्याग ह्याङगर । भित्रपट्टि आर्मी स्टाइलको सुत्ने अर्को कोठा । पछिल्तिर २ सफा शौंचालय । सुत्ने कोठाको ठीक अघिल्तिर रोटी र चिया पाक्ने भान्छा ।

भान्छामै भेटिएकी थिइन् धनमाया टिबेटीएन रोटी पकाउँदै । समुदायद्वारा संचालित यो केन्द्रमा काम गर्न पाएकोमा उनी निक्कै खुसी थिइन् । यी बालबालिकालाइ ठूलठुला कुराको वास्ता नै छैन । के कुरामा वास्ता रहेछ त ुके हुन्थ्यो सबै ठुलो भएपछि ठुलै स्कुल जाने हो भन्छन नीु धनमायाले भनिन् ।

कति छन विद्यार्थी

गाउघर पाँच बर्ष मुनिकालाइ विद्यालय भर्ना गर्न मुस्किल पर्छ । खोलिएका बोडिङ स्कुलमा पनि विद्यार्थीको त्यत्ती चाप रहँदैन । तर यहाँ ४७ विद्यार्थी नियमित केन्द्र आउँने शिक्षिका मीनाले बताइन । कहिँ कतै तालिममा निस्कन पर्दा उनी अर्को शिक्षक व्यवस्था गरेर मात्र हिड्छीन् । ४७ विद्यार्थी मध्ये १७ गुरुङ ३ तामाङ २ पुन १ राई ५ विक १ पौडेल २ शेर्पा १ राणा १ मल्ल ३ सुनार९ परियार र १ नेपाली थरका विद्यार्थी छन् ।

पाँच वर्ष पुगेपछि धेरै जसो विद्यार्थी नजिकैको विद्यालय पढ्छन् । प्राय विद्यार्थी श्री मेश्रम वराह माविमा पढ्न जान्छन । ुकसैले त पोखरा काठमण्डौ पनि लान्छनु स्थानीय प्रवीना गुरुङले बताइन।

दुइ बर्ष तीन महिना पुरा भएका स्वस्थ बालबालिकालाई केन्द्रले भर्ना लिँदो रहेछ । स-साना बालबालिकालाइ बिहान खेल्न नाँच्न पाउँछन् । साथै कथा चुटकीला सुन्न पनि पाउँछन् । त्यसपछि उनीहरु पढ्न थाल्छन् । सबैलाई उमेर अनुसारको शिक्षा दिने शिक्षिका मीनाले बताइन । अभिभावकलाई केन्द्रको भित्र प्रवेश दिँइदैन । ुकेटाकेटी रोएर अभिभावकलाई छोड्दैननु मीना भन्छिन् ुत्यसले उनीहरुको बानी बिग्रन्छ ।ु


कसरी चल्छ त केन्द्र

गुरुङ जातिको बहुल्यता छ घान्द्रुकमा । केन्द्रमा पनि उनीहरु नै बढी छन् । गुरुङलाइ ५० र अन्यलाइ २५ रुपैया लिन्छन मासिक ।

खाजाका लागि प्रत्येक विद्यार्थीबाट महिनाको एक माना पिठो उठाइन्छ । चियाका लागि चिनी र चियापती भने स्कुलकै रकमबाट खरिदने धनमायाले बताइन । आफ्नै दुइ नाती यहाँ राखेकी धनमाया भन्छिन् ुगाउँका प्राय घरका बच्चा यहीँ पढ्न आउँछन् ।ु

आमा समुह घान्द्रुकको प्रयासमा अन्नपुर्ण संरक्षण कोषद्धारा साचालित छ यो केन्द्र ।
नेपालको विभिन्न भेगमा यस किसिमका दजनौ केन्द्रहरु स्थापना नभएका हैनन । रकम तथा व्यवस्थापन दक्षताको अभावका कारण धेरै ती बन्द भैसके । शहरी क्षेत्रमा त यस्ता केन्द्र बिरलै देख्न पाइन्छ । स्थानिय मानिसले विशेष रेखदेख हुने कारणले यसको आर्थिक अवस्था अहिले बजबुत छ ।

ुआमा समुह नै यसमा वर्षौ देखि सक्रय भएर लागेको छुस्थानीय ब्यवसायी ड्याबिन गुरुङ भन्छन् ुत्यसैले यसलाई सबैले माया गर्छन ।
२०६६ असार २७ नागरिक दैनिकको जुनकीरिमा प्रकाशित

No comments:

Contact Me

Name

Email *

Message *

Visiters