Sunday, July 5, 2009

सम्मान गुरुको

नेत्रबहादुर तामाङ
ुसर नमस्कारु भन्दै दुइ हात जोडेर कक्षा पसेपछि विद्यार्थीको दिन भर विद्यालयमै बित्छ अनि टिनटिन घण्टी बजेपछि फेरि ुसर नमस्कारु भन्दै वहिरिन्छन शिक्षकको मन हलुंगो पार्दै । यो आदर हो हरेक विद्यार्थीको दैनिकी । एकपटक सरले भन्नुभाुथ्यो सबै सरले नम्र भएर नमस्कार फर्काउनै पर्छ ।

कक्षामा आनुशासित भएर बस्नु नै शिक्षकहरुलाई सम्मान गर्नु हो भन्ने बुझाइ लोकबहादुर तामाङको रहेछ । उनी अहिले शान्ति विद्या गृह लैनचौरमा कक्षा १० मा पढ्दैछन । ुअनि गुरुहरुलाइ कसरी आदर गर्ने तु ुनमस्कार त गरिन्छ नै तर सम्मान नै आदर हो जस्तो लाग्छु उनले भने ।

गुरुपुर्णिमा विद्यार्थी र शिक्षक वीचको बिचारहरु सरल रुपमा आदनप्रदान गरिने पर्व हो । यसमा रमाइलो मात्र होइन शिक्षा पनि समेटिएको हुन्छ । सबैको अनुभव पनि बिडंन्छ नै । बर्ष भरि अनेक चाडपर्व मनाइन्छ । तर गूरुहरुलाइ सद्भाव राख्ने कुनै चाड पर्व छ भने त्यो गुरुपुर्णिमा नै हो ।

पसर्ि गुरुपुर्णिमा भाइबहिनीहरु कसरी मनाउने होला भन्ने सोचमा होला । तर उनलाइ भने कुनै पीर छैन । किनभने सबै साथीहरुको मत मिल्यो सबै संगै बसेर कार्यक्रम गरिन्छ । गुरुहरुलाइ सम्मान गरिन्छ । उनी जस्तै सिर्जना विष्ट पनि खुशी छन । ुबर्ष दिनमा आएको यस्तो चाड नमानी कहां छोडिन्छ ु उनले थपिन् ुत्यो दिन रिफ्रेस हुने दिन बर्ष भरि गुरुहरुले पढाउनुहुन्छ हामीले सम्मान गर्नै पर्यो नि ।ु

उनीहरुले झै आउदो असार २३ गते सबैले गुरुपुर्णिमा मन्दैछन । बिषेशगरी उपत्यकामा यो पर्व भव्य रुपले मानिन्छ । ुप्राचीन कालमा विद्या आर्जन गर्नु भनेको मामुली कुरा थिएन । कुनै लिखित शास्त्र नभएकोले कण्ठस्थ पार्नुपथ्र्यो । त्यस समयमा बिषेश इच्छा भएका मानिसहरु मात्र शिक्षा लिन सक्थे । त्यो शिक्षालाइ दीक्षा भनिन्थ्यो । विद्या गृहका शिक्षक विण्णु प्रसाद प्याकुरेलले बताए ुपछि बेदब्यासले शिक्षालाइ शास्त्रमा उतारे अनि उनले धेरै शिष्य बनाए । त्यही समयदेखि गुरुपुर्णिमा मनाउन शुरु भएको हो ।ु

हुन त पहिलो विद्यालय घरलाइ मानिन्छ तर आमाबाबाको ब्यस्तताको बिच विद्यालय नै पठाउनुपर्ने आवश्यकता थपिदै आएको हो । क देखि ज्ञ सम्मका अक्षरहरु सिकाउन मुस्किल नै होला । विद्यालयमा सरल र ब्यबस्थित तरिकाले पढाइन्छ ।

ुत्यसबेला अहिले जस्तो सजिलै शिक्षा किनबेच हुदैनथ्यो ुप्रधानाध्यपक मुकुन्दप्रसाद श्रेष्ठले भने ुत्यसैले आफनो शिक्षा पुरा भएपछि गुरुलाइ उपहार दिने प्रचलन रहेछ यसैलाइ गुरुभेटी भनियो र गुरुपुर्णिमा अझ रमाइलो र चर्चित हुनथाल्यो ।ु

शिक्षा लिन र दिन उतिनै गाह्रो हुन्छ । स साना नानीहरुलाइ सिकाउन जति रमाइलो हुन्छ त्यतिकै असजिलो । यो बाल विज्ञाहरुको मत । नेपाली मान्यता अनुसार सरस्वती पुजाका दिन नानीहरुलाइ अक्षर चिनाउने कार्य गरिन्छ । सायद गाह्रो हुन्छ भनेर नै भगवानलाइ गुहरिन्छ होला । त्यसपछि त उसको भाग्य अनुसार वरदान भए छिटो पढ्छन चलाख हुन्छन शिक्षित होइन्छ अरुले बिस्तारै ।

किन मनाईन्छ गुरुपुर्णिमा

समाजमा पहिले देखि नै गुरुको अत्याधिक महत्व थियो । त्यस समय एउटा मात्र अक्षर सिकाएपनि उक्ता ऋण बाट उ मुक्ता हुन सक्दैन भन्ने मान्यता रखिन्थ्यो । अहिले पनि कुनै कुनै ठाउमा ऋण तिर्न भनी गुरुतर्पन गरिने चलन छ ।

गुरुको मुख्य काम शिष्यलाइ उज्यालो तिर लैजानु हो । त्यसैले उनलाइ मानिसरुपी देवता पनि मानिन्थ्यो । ुगुरुले हामीलाइ पढाउनुहुन्छ सिकाउनुहुन्छ त्यसैले हामीले उहाहरुलाइ सम्मान गर्नुपर्छु यस भनाइलाइ सहमति जनाउदै गीतााजली आंग्रेजी मावि कक्षा ४ का सन्देश अधिकारीले बताए । उनी झै कक्षा ५ का सुनिता दुलाल पनि सरमिस हरुलाइ सम्मान गर्दै उपहार दिने योजना समेत बनाएकी छिन।

ुयसपाला छिटटै मनाइन्छ होला गुरुपुर्णिमामा त बिदा छु दुलालले भनिन ुक्लास टिचरलाइ उपहार दिने कुरा छ बिदामा त घुमफिर गरिन्छ होला ।ु

आमाबाबाको पुजा औशीमा गरिन्छ तर गुरुको त पुर्णिमामा यसैले यसको महत्व कति रहेछ भनेर टाढा गइरहनर नपर्ने विज्ञहरु बताउछन । गुरुपुर्णिमाको अवसरमा सबैलाइ जुनकीरिको तर्फबाट शुभकामना

कुन कुन नामले चिनिन्छ त

व्यास जयन्ती

वेद व्यास ऋषि लाइ नै गुरुहरुका गुरु मानिन्छ । उनको प्रयासपछि नै ज्ञान तथा शिक्षा शास्त्रीय रुपमा वा किताब सम्म आइपुग्यो । विभिन्न विद्धानहरुका अनुसार उनी दमौली स्थित सेती र मोदी नदीको दोभानमा उनी जन्मेका थिए । त्यसैले यस ठाउका हरेक जनैपुर्णिमाको दिन मेला लाग्दछ । अहिले उनैको नामबाट व्यास नगरपालिकाको नामाकरण गरिएको छ । शास्त्रहरु लिखित रुपमा राख्ने उनी नै भएकोले व्यास जयन्ती भनिएको हो । आचार्य दिवस शिक्षकहरुले यो पर्वलाइ बिषेश मान्छन । आफुलाइ सम्मान गरिने र विद्यार्थीहरुको मिठो माया पाउने भएकाले पनि यो महत्वपुर्ण भएको हो । आफ्नो अथक प्रयास पछि सफल विद्यार्थी निकालेपछि सन्तुष्ट हुन्छन । गुरुपुर्णिमा पशुपतिबाट गुहेश्वरी जाने बाटोमा गुरुको मन्दिर छ । उक्त मन्दिर गुरुपुर्णिमाका दिन मात्र खोलिन्छ । कुन देशमा कहिले अफगानिस्तान मे २४
अर्जेन्टिना सेप्टेम्बर ११ अष्ट्रेलियअक्टोबरको अन्तिम शुक्रबार भुटान मे २ ब्राजिल अक्टोबर १५
चीन सेप्टेम्बर १०
हङकङसेप्टेम्बर १०
भारतसेप्टेम्बर ५
मलेशियामे १६
पाकिस्तान अक्टोबर ५
रुसअक्टोबर ५
अमेरिकामे को पहिलो हप्ताभर
२०६६ असार २० को जुनकीरिमा प्रकाशित

No comments:

Contact Me

Name

Email *

Message *

Visiters