Sunday, September 6, 2009

बालबालिकाको नाटक मोह



ु५५५ चोटि उठबस गरु
ुसर मलाई त उठबस गर्न आउदैनु
ुत्यसो भए कुखुरा बनु
ुभाले कि पोथीु
गलल हाँसो ुचुप लागु

गत सोमबार गुरुकुलमा मिाचत ुसमस्यको पोकोु नाटकको एक दुश्य हो यो । ुनाटक बालबालिको मनोविज्ञानमा आधारित थियोु निर्देशक राजेन्द्र महर्जनले भने ुसमस्य भनेकै हामीमा छ र समाधान पनि हामीमै ।ु नाटकमा विद्यालयको अब्यवस्थित शिक्षा प्रणाली र विद्यार्थीको लपरवाही देखि लिएर संिवधान सभाको बेथितिको बारेमा पनि प्रहसन गर्न भ्याए । नाटकमा ईन्द्रेणी माविका भाईबहिनीले अभिनय गरेका थिए ।

नाटक महोत्सवले स्कुल र गुरुकुलवीच सम्बन्ध बढाउने उद्देश्यले भदौ ९ बाट शुरु भएको ुस्कुल थिएटर फेस्टिभलः२००९ु भदौ १८ मा सकियो । उक्त प्रदर्शनीमा ९ विद्यालयका र एक आरोहण गुरुकुलकै नाटक मिाचत भएका थिए । विद्यालय विद्यार्थी र नाटकघरको सम्बन्ध बढाउन पनि यो नाटक महोत्सवले सक्दो सहयोग पुर्याउने देखिएको छ ।

ुहामीले बालबालिकालाई स्वस्फुर्त रुपमा नाटकमा उतारेका छौु हामी सक्छौका निर्देशिका प्रमिला कट्वालले भनिन ुकथामा हामीलाई कसैले बिचरा भनेको मन नपराउने भावना समेटिएको छ जुन उनीहरुको वास्तविकता हो ।ु यस नाटकमा एसओएस बालग्राम जोरपाटीका भाइबहिनी सहाभागी थिए भने कट्वाल र पशुपति राईको संयुक्त निर्देशनमा तयार पारिएको थियो ।१० दिन सम्म चलेको उक्त प्रदर्शनीमा उल्लेख्य दर्शकहरु रहेको उनले बताए ।




अघिल्लो दिन माचन गरिएको नाटक ुकाँचो माटोु मा युलेनस स्कुलका भाईबहिनी थिए । ुयस नाटकका मुख्य सन्देश बालबालिकालाई कस्तो बाटोमा लैजाने हो त्यो सानैमा अभिभावकले निर्णय गर्नुपर्नेहुन्छु निर्देशक भोलाराज सापकोटाले भने ुकाँचो छँदै यसको रुप हामीले बनाउनुपर्छ ।ु

नाटक महोत्सवमा प्रत्येक नाटकका लागि एकघण्टा समयअवधि छुटट्याइएको थियो । ुनाटक एकदमै राम्रो छु नाटक सकिएपछि इन्जिनियर कलेज पढ्ने सुसिल मर्हजनले भने ु म कमै नाटक हेर्ने मान्छे यो त निकै रमाइलो लाग्यो अब यो फेस्टिभलभर गुरुकुल आउछुहोला ।ु उनीजस्तै बर्षादी एकेडेमी प्लस टु मा सुवाष मर्हजनलाइ पनि नाटक राम्रै लागेछ । त्रिभुवन विश्वविद्यालय एमबिबिएस पढ्दै गरेका दीपक महरालाई भाइबहिनीको मेहनत देखेर अचम्म लागेछ । उनी यहाँ पहिलो पटक आएका रहेछन । त्रिभुवन विश्वविद्यालय एमबिबिएस पढ्दै गरेका दीपक महरालाई भाइबहिनीको मेहनत देखेर अचम्म लागेछ । उनी यहाँ पहिलो पटक आएका रहेछन । ुसमस्या हामीमा छ समाधान पनि हामीमा छु उनले भने ुनाटक सन्देशमुलक रहेछ ।ु



आफ्नै स्कुलका साथीहरु नाटकमा खेलेका हेर्न आएका उदय विजयअस्मिता प्रविणा मर्हजनलाइ पनि नाटक रमाइलो नै लाग्यो रे । अझ उनीहरुलाइ पनि नाटक खेल्न उत्प्रेरणा मिल्यो रे । प्रजिशा कुवँरलाई त नाटक हेर्दाहेर्दै माचमै गएर अफै पनि नाटक खेल्न मन लाग्यो रे । यी भाईहरु इन्द्रेणी मावि ललितपुरबाट आएका थिए ।


उसो त नाटकमा खेलेका भाइ धिरज मर्हजनलाइ पनि रमाइलो नै भएछ । उनले भने ुनाटकमा खेल्न शुरुमा त निकै मेहनत चहिन्छ । प्रस्तुतिमा निकै रमाइलो लाग्छ अझ दर्शकले ताली बजाइदिएमा हौसला मिल्छ ।ु
नाटक हेर्न उनकी आमा रत्नकुमारी पनि आएपुगेकी थिइन । थेँचो विहारमा रहने चन्डीमोले कहिल्यै प्रत्यक्ष नाटक हेरेका रहेनछ । यो नाटक उनलाइ एकदमै सन्दर्भिक लागेछ ।

ु पढि रहेको छु ।पहिले त खेल्न डर लाग्थ्यो ।अब यसरी नै हौसला मिल्ने हो भने यसै क्षेत्रमा लाग्छु नाटकमा सहभागी सुवाष महर्जनले भने ुमलाई पहिले त कसरी खेल्ने हो भनी डर लागेको थियो अहिले त्यस्तो डर छैन ।ु उनको यो पहिले अभिनय रहेछ । सडक बालक बनेर आफ्नो अभिनय गरेका विराज महर्जन र राजेश श्रेष्ठलाई सच्चिकै चाहि सडकमा उनीहरुको जीवन देखेर साह्रै दुःख लागेको बताउछन । पि्रतम अमिरलाइ पनि यो क्षेत्र मन परेछ ।

यतिमात्र होइन यस महोत्सवमा नर्वेली मोर्टन क्रोगले निर्देशित ुताराबाजी लै॥ लै॥ु टंक चौलागाईले ुबेलीु जे।बी। रुवालीले ुबौलाहा काजीको सपनाु रुपेश उप्रेतीले ुमादलको खरीु किशोर अनुरागले ुअन्त्यबिनाको कथाु रामबाबु रेग्मीले ुमधुमलातीको कथाु र राजन खतिवडाले ुकाबुलीवालाु को निर्देशन गरेका छन ।

बाल प्रतिनिधि यी नाटकहरु ब्यवहरिक र समसमायिक छन । महोत्सवमा सहाभागी र अभिनयलाई हेर्दा बाल नाटकका निर्देशकहरु हौसिएका छन ।ुमहोत्सव सफल हुन्छ भन्नेमा ढुक्क थियौु मधुमलातीका निर्देशक रामबाबु रेग्मीले भने ुत्यही भएर हामीले नाटक सक्दो ब्यवहरिक बनाएका थियौ ।्ु

अरोहण गुरुकुलले पहिलो पटक आयोजना गरिएको बाल नाटक महोत्सवले उल्लेख्य दर्शक पाएको नाट्याप्रेमीहरु बताउछन । यस्ता किसिमका प्रदर्शनीले बाल प्रतिभा बिकास हुन पाउने र नाट्य क्षेत्रमा सोचेजस्तो सफलता पाउने उनीहरुको मत छ ।




ुहामीले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि माच दिएका हौु गुरुकुलमा तीनदशक देखि नाट्यक्षेत्रमा कि्रयशील सुनिल पोख्रेलले भने ुनाट्य क्षेत्रमा अवसर छ यसमा लागिरहने भाईवहिनीका लागि गुरुकुलले सक्दो सहयोग रहन्छ ।ु



२०६६ भदौ २०को नागरिक दैनिकको जूनकीरमा प्रकाशित

No comments:

Contact Me

Name

Email *

Message *

Visiters