नेत्रबहादुर तामाङ
ज्ञानकुाज उच्च मावि कक्षा ९ मा पढ्दै गरेका सनिष पाण्डेले जलवायु परिवर्तन भइरहेको बारेमा बिभिन्न पत्रपत्रिकामा पढेका रहेछन । काठमाडौंमा रविभवनमा रहेको यस स्कुलमा डब्लुडब्लुएफ र क्लिन इनर्जी नेपालद्धारा साचालित हस्तक्षर अभियानका क्रममा उनले उक्त कुरा सुनाए । ुयस किसिमको समस्य समाधानका लागि सबै ठाउँमा जनचेतना अभियान आवश्यक छु उनले भने ुपरिवारमा यो कुरा लगेर सुनाउँछु ।ु
वास्तवमा किन जलवायु परिवर्तन भइरहेको छ त यो प्रश्नको जवाफ ुजलवायु परिवर्तलाई रोकौ हिमाललाई बाँच्न देऊ अभियानमा उनले पाए । गत अपि्रल देखि चलाएको यस अभियानमा २ लाखले हस्तक्षर गरिसकेका छन् । अभियान उपत्यका सहित चौध जिल्लामा साचालित छ । यसमा बाल इको क्लबले पनि उल्लेख्य सहभागिता जनाएका छन् ।
ुयस कार्यक्रममा १३ देखि २१ उमेरका व्यक्तिवाट हस्तक्षर संकलन गरिदै छु कार्यक्रमका सहसयोजक जगदीश पराजुलीले भने ुअभियान सेप्टेम्बर १५ सम्म चल्नेछ ।ु
संकलित हस्ताक्षर प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाइ हस्तन्तरण गर्ने कार्यक्रम रहेको अभियानका संयोजक प्रशान्त सिहंले बताए । जलवायु परिवर्तनको विषयलाई लिएर प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति बाराक ओबामासंग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
८८८
यो त भयो जलवायु परिवर्तनमा बालचासोको कुरा । अब लागौं जलवायु परिवर्तनका बारे बुझ्न । तिमीलाई थाहै छ यो साल मनसुन ढिलो सुरु भयो । यसले गर्दा नेपालका धेरै जिल्लाहरुमा खडेरीले धान रोपाइँ पनि समयमा हुन सकेन । कति ठाउँमा रोपेका अन्नहरुपनि खडेरीले गर्दा सुके । कर्णाली अाचलका दार्चुला दैलेख आदि जिल्लामा अन्नको कमीले भोकमरी सुरु भएको बारेमा पनि तिमीले सुन्यौं होला । यो सबै जलवायु परिवर्तनको असरले गर्दा हो ।
सालै पिच्छे विश्वमा १ डिग्री से_िल्सयस सम्म पृथ्वीको तापक्रम बढ्ने सम्भावना देखिएको छ । हिँउ पग्लिदै जानु । कहिले कम वर्षा हुने । कहिले बाढी पहिरोको मात्रा बढ्दै जानु । बोटबिरुवा तथा जीव जनावर लोप हुँदै जानु । यी हाम्रो वातावरणमा आएका परिवर्तन हुन् । यस्ता खालका अवस्था सीर्जना हुनु नै जलवायु परिवर्तन हो । यसले हाम्रो जीवजन्तुको अस्तित्वमा पनि नकरात्मक असर पार्छ ।
यदि यसरी नै तापक्रम बढ्दै जाने हो भने बाइसौं शताब्दी सम्ममा नेपाल पनि मरुभुमिमा परिवर्तन हुने वैज्ञानिकहरुले दाबी गरेका छन् ।
कारण के होला
अहिले धेरै जसो देशमा औद्योगिक कारखाना बढ्दै छन् । दिनहुँ जसो पेट्रोल डिजेलको प्रयोगमात्र बढिरहेको छ । आणविक अस्त्रहरुको होडबाजीले हतियार बनाउने क्रमपनि बढेको छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने पि्रुज एयर कन्डिसनबाट पनि विभिन्न ग्यासहरु निस्किरहेका छन् ।
यसरी निस्कने कार्बनडाइअक्साइड मिथेन नाइट्रसअक्साइड हलोजिनेटेड फ्लोरोकार्बन्स् हाइड्रोफ्लोरो कार्बनस् आदि ग्यासले ओजोन तह नष्ट पर्दैछ ।
ुओजन तहले सूर्यबाट निस्कने हानिकारक किरणलाई पृथ्वीमा आउनका लागि रोक्छु एपोस्डल स्कुल कालिकास्थान पढ्दै गरेकी विभुति श्रेष्ठले दुःख पोखिन् ुहामीलाई जोगाउने यो तह हाम्रै कारणबाट पातलिँदै छ ।ु
१९ औं पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनबारे चासो दिएका थिए । उनले भनेका थिए ुहिउँ घट्दै गएको छ हामीले यसमा चासो दिनु पर्छ ।ु
उच्च हिमाली भेगमा समेत िझंगा तथा लामखुट्ट भेटिएका छन् । िझंगा तथा लामखुट्टेले अनेकन रोग सार्छन । यी रोग तातोले गर्दा यति चाँडै फैलिन्छन कि हामीले यसलाइ वशमा राख्नै सक्दैनौ । कक्षा ९ मा अध्ययनरत रोजिना थापाको दुखेसो यस्तै थियो ।
ुतैपनि हरेशै खानु पर्ने अवस्था भने छैन्ु ज्ञानकुाजका शिक्षक नारायण अधिकारीले भने ुसबै जना वातावरण संरक्षण अभियानमा लाग्यौं भने धेरै सफलता हाँसिल गर्न सकिन्छ ।ु
के गर्ने
जंगल फणानी रोक्ने र वृक्षारोपण बढाउने ।
कुहीने फोहोर बस्तुलाई मल बनाइ प्रयोग गर्ने । प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने ।
सौर्य प्रणालीमा विकसित भएका साधन प्रयोग गर्न आफ्ना आमाबाबालाई अनुरोध गर्ने ।
पि्रुज एयरकन्डिसन जस्ता यान्त्रिक साधनको प्रयोग कम गर्ने ।
खाना पकाउँदा ग्यासको खपत कम गर्ने ।
आफूपनि बुझ्ने र अरुलाई पनि बुझाउने ।
२०६६ भदौ २7 को नागरिक दैनिकको जूनकीरमा प्रकाशित
No comments:
Post a Comment