Thursday, September 10, 2009

किककराँतेमा सरिता




नेत्रबहादुर तामाङ

ुसबैजना प्रतिस्पर्धामा उत्रिसके । मलाई भने डर लागिरहेको थियो । एक त नयाँ ठाँउ त्यसमा पनि ३५ किलो तौलमा पहिलोपल्टु तीन महिना पहिले रसुवाको धुन्चेमा सहभागी हुन जाँदाको क्षण सम्झिदै उनले भनिन ुतर मैले हिम्मत हारिन त्यसले मलाइ स्वर्ण पदक दिलायो ।ु

मेरील्यण्ड उच्च मावि कक्षा ७ मा पढ्दै गरेका सरिता मोक्तान १३ बर्षकी भईन । सानैदेखि खेलकुदमा रुचि भएको बताउने उनले अहिले कराँतेमा ुब्ल्यकबेल्टु लिइसकेकी छिन ।खास घर सिन्धुपाल्चोक नवलपुर भएपनि उनी यतै हुर्किए । ुआमाबाबा संगै यतै बस्दै आएको छु गाँउमा त चाडपर्वमा मात्र गईन्छु उनले भनिन ।

सरिताकी आमा सानुमाइका अनुसार उनी सानै देखि खेलमा रुचि रख्थिन ।ुछोरी खेलमा लागोस भन्ने चाहना थियोु उनले भनिन ुअहिले सम्म त राम्रै छ यसमा मलाइ खुसी लागेको छ ।ु उनले अहिले सम्म दुइदर्जन खेलहरुमा सहाभागी जनाइसके । जसमा एक दर्जन पदक र प्रमण पत्र पनि हात पारिसकेकी छिन । रंगशालाको कवर्डहलमा खेल खेल्दा निकै रमाइलो लाग्ने उनी बताउछिन । खेलले गर्दा उनीसंग नजिकिने साथी पनि धेरै छन ।ुस्कुलमा सरमिसले पनि माया गर्नुहुन्छ ु उनले भनिन ।

कराँते मात्र होइन उनी स्कुलमा नृत्य पनि सिकिरहेकी छिन । नाच्न उनलाई निकै मनपर्छ रे ।पढाइमा पनि राम्रै रहेकी उनी फुस्रदमा चित्र कोर्न मन पराउने बताउछिन । ुछोरीको कला देखेर म संग धेरै नजिकिएु खुसी हुदै उनकी आमाले भनिन । उनका बाबा पदम पनि छोरीले आफनो लक्ष्य अनुसार खेलाडी बनेकोमा दंग छन ।

ठुलो भए पछि के बन्ने त प्रश्न सुन्ने वितिकै उनले भनिन ुहुन त मलाइ नाच पनि मन पर्छ र चित्रकला पनि तर मेरो अन्तिम लक्ष्य चाहि कराँतेको राष्टिय खेलाडी बन्ने हो ।ु कराँते खेल्न चाहने साथीहरुलाई हार मान्नु हुन्न अलि अलि दुःख त भईहाल्छ अभ्यास गर्नुपर्छ सफल भइन्छ भनिन । पढाइमा मात्र ध्यान लगाउने होइन मानिसका लागि शारीरिक व्यायम अति आवश्यक छ यसैले खेल सबैले खेल्नैपर्छ ।ु

No comments:

Contact Me

Name

Email *

Message *

Visiters