Monday, September 21, 2009

रमाइलो रमजान HAPPY RAMDHAN




नेत्रबहादुर तामाङ

ुअल्लाहको नजिक हुने महिना यहि होु जमिया गौसिया असन्नुल बरकात स्कुल कक्षा ४ काठमाडौं नयाँबजारमा पढ्दै गरेकी रुक्साना खातुनले रमजान पर्व मनाउँदै गर्दा भनिन् ुनमाज र कुरान पढेर ब्रत बसेपछि अल्लाहको नजिक भइन्छ ।ु यति मात्रै होइन खातुनलाई यो पर्व रमाइलो पनि लाग्छ । पर्वमा रमाइलो गर्ने काइदा प्रष्टै छ उनलाई । ुआफन्तसँग भेटघाट गर्ने साथीसँग घुमघाम जाने मिठोमसिनो खाने र नयाँ लुगा लगाउने । यहि त हो रमाइलो गर्ने तरिकाु उनले मुस्काउँदै भनिन् ।

उनको स्कुलमा ६ कक्षा सम्म पढाइ हुन्छ । सबै मुस्लिम समुदायको मात्रै । स्कुलका अरु साथीहरु पनि घरमै रमाइलो गरि यो पर्व मनाउँछन् । रमजानको बेला स्कुलले १५ दिन छुट्टी दिएको छ । उनी स्कुल छुट्टीमा रमजान मनाउन आमाबाबासँग आफ्नो गाउँ वीरगाज गइन् । उनकी साथीहरु मुहम्मद सलामत हुसेन मुहम्मद नसीर सेख अब्दुल मन्नान जनकपुरको सुन्दरपुरतिर लागिसके । यता कक्षा चारकी सकिला खातुन भने स्वयम्भुमै बसेर मनाउँदैछिन् ।
यो वर्ष भदौ ७ गतेदेखि रमजान सुरु भएको हो । ुरमजान सुरु भएपछि घाम अस्ताएपछि खान खाएर बिहान ४ बजे सम्म खान पाइन्छु १४ बर्षीय मोहम्मद इमरान आलामले भने ुत्यसपछि त दिनभर खान पाइन्न एकदुइ दिन त गाह्रो हुन्छ पछि बानी पर्छ ।ु आलाम पद्मोदय उमावि पुतलीसडक कक्षा ७ मा पढ्छन् । धेरै साथीहरु दशै आयो भनी खुशि भएका बेला उनी भने रमजान आएकोमा रमाएका छन् । ुयही बेला त हो नि हजुरबा आमासंग भेट्नेु उनले थपे ुनयाँ लुगा लगाउन र मिठा-मिठा खानेकुरा खान पाइन्छ ।ु
रमजान शुरु भए पनि स्कुल आउन छाडेका छैनन् उनी । चाड पर्व मनाए पनि आफ्नो पढाइलाई त छुटाउनु भएन नीु उनले हाँस्दै भने । त्यसो त उनले मात्रै होइन सरकारी र गैर सरकारी स्कुलमा पढ्नेले रमजानकै लागि भनेर छुट्टी पाउँदैनन् । उनीहरुलाई इदको दिन मात्रै बिदा दिइन्छ । ुहामी त स्कुलमा विदाको लागि निवेदन लेखेर जान्छौं आलमले खुशी हुदै भने ुघरमा बसेर मान्न पाए कति रमाईलो कति ।ु ुयो संसारको सृष्टि साचालन र संरक्षण भगवान अल्लाहले गरेको विश्वास गर्छौु उनको नजिकै बसेका सलिना खातुनले रमजानको खास कुरा प्रस्टाइन ुउहाँकै सम्मानमा यो पर्व मानिन्छ ।ु चितवन गुाजनगरका उनी यसपाला यतै बसेर रमजान मनाइरहेका छन । आलाम पनि उनको कुरामा विश्वास गर्छन । आमाबाबाकासँगै पुतलीसडक बस्दै आएका उनको घर भारत विहारमा पर्छ ।

सबैलाई भाइबहिनीलाई रमजान मुबारक है त ।

बक्स स्टोरी

के हो रमजान

रमजान मुसलमानका लागि रमाईलो पर्व हो । यो एक महिना सम्म मनाइन्छ । यो समयलाई कुरानले ठुलो महत्व दिएको छ । एक महिना चल्ने यो पर्वमा सात वर्ष माथिकाले अनिवार्य रोजा बस्नुपर्छ । हज बाहेक रोजा नमाज जकात र फित्तरा यही महिनामा प्राप्त गरिन्छ भन्ने विश्वास गरिन्छ । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै खानेकुरा खाइन्छ अनि शुरु हुन्छ रोजा । रोजा भनेको ब्रत बस्नु हो ।त्यो बेला पानी समेत खान हुन्न भन्ने विश्वास मुश्लिम समुदायमा छ ।

घाम अस्ताइ सकेपछि फलफुल खाएर रोजा खोलिन्छ । यो दिनहुँको नियम हो । रोजाको समयमा भने कुनै खान खानू हून्न थुक पनि निल्नु हुन्न भन्ने विश्वास गरिन्छ । ठुला मानिसले त सक्ला तर साना भाइबहिनीलाई भाने अलि गह्रो हुने गर्छ । सानालाई यस्तो कठिनाइ भएमा नै धर्म पाउने भनेर ठुलाले प्रोत्साहन गर्ने गर्छन । रोजाभर नियमित नमाज पढ्छन भने रातिको नमाजपछि कतिपयले मस्जिदमा गई तरावी नमाज पढ्छन ।

यो विशेष प्रार्थना हो । रमजानको अन्तिम दश दिन केही मुसलमान मस्जिदमै बस्छन् । आफन्त र साथीभाई भेटघाट हुँदा एकआपसमा अंगालो मार्छन् र भन्छन् ुरमजान मुबारक ।ु तीस दिनको रोजा पुरा भएपछि अन्तिम दिन इद हो । यस दिन महिलाहरु एकान्तमा गएर सामुहिक रुपमा नमाज पढ्छन भने पुरुषहरु इदगहमा । अन्त्यमा एक आपसमा अँगालो मारेर ुइदमुबारकु भन्दै बधाई साटासाट गर्छन ।




दानमा मुस्लिम

अर्थिक रुपमा सम्पन्नले रोजाको समयमा गरीबलाई दान गर्नुपर्छ दान नियम अनुसार गर्नुपर्छ कसैले कम वा बढी भन्ने हुदैन यो बेला आफ्नो सम्पतिको अढाई प्रतिशत कर निकाल्नुपर्छ । यसैगरी इदको नमाज पढ्नुअघि जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ ।जसलाई फित्तरा भनिन्छ । यसबाट निक्लेको रकम पठशाला चलाउन र दीनदुःखीलाई सेवा गर्न प्रयोग गरिन्छ ।


२०६६ असोज ३ नागरिक दैनिकको जुनकीरीमा प्रकाशित

No comments:

Contact Me

Name

Email *

Message *

Visiters